डोटीमा बस दुर्घटना, ३० घाइते

डोटी : डोटीमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। कञ्चनपुरको महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ नम्बरको महाकाली यातायातको रात्रीकालिन बस शनिबार बिहान साढे चार बजे डोटीको शिखर नगरपालिका-१ गेरुपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

घाइतेमध्ये ११/१२ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर कर्ण बहादुर बोहराले जानकारी दिए। बस सडकबाट करिब ३५ मिटर तल खेतमा खसेको छ।

घाइतेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्दार गरेका छन्। उनीहरुको शैलेश्वरी अस्पताल दिपायल र सुजङ अस्पताल राजपुरमा उपचार भइरहेको छ। बसमा कति जना सवार थिए र कसरी दुर्घटना भयो खुल्न बाँकी रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित