उपाध्यक्ष सुनिल खड्काद्वारा मानवसेवा आश्रमलाई सहयोग

गोर्खा अनलाइन रेडियो, लन्डन

गत अक्टुबर २८ तारिखका दिन गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका नवनिर्वाचित उपाध्यक्ष सुनिल खड्काले आफ्नो रेष्टुरेन्ट न्यू हवेलीको वार्सिकोत्सव कार्यक्रम सम्पन्न गरेका छन् । समाजसेवाको उद्देश्यले आयोजित उक्त वार्सिकोत्सव कार्यक्रमबाट संकलित १ लाख ७० हजार रुपैयाँ चितवनस्थित मानवसेवा आश्रमलाई सहयोग गरेका छन् ।
खड्का विगत डेढ दशकदेखि बेलायतमा आफ्नै व्यबसाय संचालन गर्दै आएका छन् भने नेपालका विभिन्न क्षेत्रमा समाज सेवामा समेत संलग्न रहँदै आएका छन् । “स्वाबलम्बन उन्नतिको पथ हो र पराबलम्बन पतनको पथ हो” भन्ने मान्यतालाई आत्मसाथ गर्दै आफ्नो बुद्दि र क्षमताको प्रयोग गर्दै आफ्नो व्यवसायका साथै समाजसेवामा लाग्दै आएको उनले बताएका छन् । भर्खरैमात्र खड्काले मानसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई बेलायत बोलाएर अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेका थिए । वैदेशिक दातृ निकायहरुको सर्त सहितको सहयोग स्विकार नगरी आश्रमले सैयौं असहायहरुलाई उत्थान गर्दै आएको छ । गैर आवासीय नेपाली संघको नवौं अधिवेशनमा भाग लिन गएको समयमा खड्का चितवनमा पुगेर सडक वालवालिकाहरुको उद्धारको लागि आफै खटिएका थिए ।
यसअघि उनले सोही आश्रमलाई गत फेब्रोवरीमा तीन लाख ५० हजार आर्थिक सहयोग गरेका थिए । मरे पछिको स्वर्ग र नर्कको परिकल्पना गर्नु भन्दा जिउँदो छँदा नै यो समाजलाई स्वर्ग समान बनाउनु पर्छ भन्ने मान्यताका साथ् अघि बढ्दै समाजसेवामा निरन्न्तर लागिपर्ने खड्काले बताएका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित