सुत्केरीको मृत्युपछि विराट नर्सिङ होममा तनाव

विराटनगर । उपचार गराउन भर्ना भएकी सुत्केरीको मृत्युपछि विराटनगरको विराट नर्सिङ होममा मृतकमा आफन्तले प्रदर्शन गरेका छन् ।

सामान्य प्रसुतिमार्फत छोरा जन्माएकी सुनसरी दुहरी नगरपालिका– ८ रनी गाउँकी २० वर्षीया रमिला कार्की घिमिरेको मृत्यु भएपछि उनका आफन्तले प्रदर्शन गरेका हुन् ।

मंगलबार विराट मेडिकल कलेज टंकीशिनवारीमा छोरा जन्माएकी रमिलाको रक्तश्राव नरोकिएपछि चिकित्सकले सोही दिन दिउँसो पाठेघर फालिदिएका थिए । तर होस नखुलेपछि बुधबार दिउँसो विराट नर्सिङहोममा ल्याएर भेण्टिलेटरमा भर्ना गरिएको थियो ।

बिहीबार राति विरामीको मृत्यु भएपछि चिकित्सकको लापरबाहीका कारण घटना भएको भन्दै आफन्त र स्थानीयले नाराबाजी गरेका हुन् ।

मृतकका आफन्तले शल्यक्रियामा लापरबाही गर्ने चिकित्सकलाई कारबाही र घटनाको छानबिन हुनुपर्ने माग राखेका छन् ।

रमिलाका श्रीमान भूपाल घिमिरेले दिउँसो ३ बजे शल्यक्रिया सफल भएको चिकित्सकले बताए पनि विरामीको अवस्थामा सुधार नआएको बताए । तर बुधबार बिहानसम्म होस नआएपछि टिचिङ अस्पतालबाट विराट नर्सिङ होममा ल्याएको बताए ।

जन्मिएको बच्चाको पनि मुटुको धड्कन ठीक नभएको भन्दै एनआईसीयूमा राखिएको थियो । नवजात शिशुको पनि मृत्यु भइसकेको छ । सिकारु चिकित्सकलाई शल्यक्रिया गर्ने जिम्मा दिएका कारण आफूहरुले परिवारको सदस्य र भर्खर जन्मिएको शिशु गुमाउनु परेको मृतककी काकी रिमला घिमिरेले बताइन् ।

अस्पतालका सञ्चालक समेत रहेका डा. ज्ञानेन्द्रमान सिंह कार्की नेत्रृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो । शल्यक्रियामा कुनै लापरबाही नगरिएको विराट नर्सिङहोमका सञ्चालकसमेत रहेका चिकित्सक ज्ञानेन्द्रमानसिंह कार्कीले बताए ।

बिरामीको मृत्यूपछि स्थानीय प्रशासनको समन्वयमा दुबै पक्ष बार्तामा बसिरहेका छन् ।
अनलाइनखबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित