संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई बेलायत आउंदै

गोर्खा नालाइन रेडियो लन्डन,

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई ५ दिने सरकारी भ्रमणको शिलसिलामा वेलायत भ्रमणमा आउने भएका छन् ।  मन्त्रि भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न यहाँस्थित सरकारी अधिकारीहरुसंग समेत छलफल गर्ने भएका छन् ।

मन्त्री भट्टराई नोभेम्बेर ४ देखि ७ सम्म लण्डनको एक्सेल एक्जिबिशन सेन्टरमा हुन गैरहेको वल्र्ड ट्राभल मार्टमा सहभागी हुन वेलायत आउन लागेका हुन् । एक साता लामो भ्रमणका क्रममा भट्टराईले नेपाली दूतावास लण्डनले आगामी मंगलवार दुतावास भवनमा आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुने छन् ।

आउँदो सातादेखि लण्डनमा शुरु हुनलागेको वल्र्ड ट्राभल मार्ट (डब्लुटिएम) नेपाललाई प्रबद्र्धन गर्ने राम्रो अवसर भएको वेलायतस्थित एक पर्यटन व्यवसायी विराज भट्टले जनाए । ट्राभल कन्सोल युकेका प्रबन्ध निर्देशक भट्टका अनुसार एक्सेल एक्जिबिशन सेन्टरमा हुन गैरहेको वल्र्ड ट्राभल मार्टमा झण्डै १८२ देशका ५० हजार भन्दा बढी सहभागीहरु आउने अपेक्षा गरिएको छ ।

पर्यटन क्षेत्रको कुम्भमेला पनि भनिने सो मार्टमा भागलिन नेपालबाट पर्यटन मन्त्रीको नेतृत्वमा एउटा टोली लण्डन आउँदैछ । नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका विभिन्न नेपाली कंपनीहरुपनि सो मेलामा भाग लिंदैछन् । वल्र्ड ट्राभल मार्ट आइटिबी बर्लिन पछि पर्यटन व्यवसायीहरुको दोश्रो ठूलो विश्व मेला हो ।

मन्त्री भट्टराईले वेलायतभ्रमणको क्रममा यहाँस्थित नेपाली समुदायसंग समेत अन्तरक्रिया कार्यक्रम गर्ने गैरआवासीय नेपाली संघ युकेले जनाएको छ । संघका महासचिव फडिन्द्र भट्टराईका अनुसार संघले मन्त्री भट्टराईको उपस्थितीमा आगामी आइतवार अल्डरशटस्थित एम्पायर हलमा एक अन्तरक्रियाको आयोजना गर्ने तयारी गरेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित