गोर्खा अनलाइन रेडियो, लन्डन

के तपाईंलाई अलि बढी सुत्न मन लागेको छ ? यदि तेस्तो हो भने आज राति बेलायतवासीहरुले एक घण्टा बढी सुत्न पाउनुहुनेछ तर तपाईं ड्यूटीमा हुनुहुन्छ भने चाहिं तपाइंले विगतको तुलानामा एक घण्टा बढी खट्नुपर्ने हुन्छ । २७ अक्टुबर २०१९ आइतवार बिहानको २ बजेबाट यूकेको समय एक घण्टा पछाडी जाँदैछ, अर्थात आइतबार बिहानको २ बजेको समयलाई १ बजेको समयमा निर्धारित गरिनेछ ।
यहाँ प्रत्यक वर्ष घडीको समयलाई दुइपटक परिवर्तन गरिन्छ । मार्च महिनामा ब्रिटिस समर टाइम (British Summer Time ) को समयलाई एक घण्टा अगाडी लगिन्छ भने अक्टुबर महिनामा (Greenwich Mean Time) घडीलाई एक घण्टा पछाडि सारिन्छ । ‘डे लाईट सेभिंग’ भनिने यस्तो प्रचलन सर्वप्रथम दोस्रो विश्व युद्धताका जर्मनबाट शुरु गरिएको हो ।
यसले गर्दा इनर्जी बचत हुने, सवारी दुर्घटना कम हुने, अपराधमा नियन्त्रण हुनुका साथै ब्यापार व्यवसायमा पनि फाइदा पुग्ने धारणा रहेको छ । ब्रिटिस समरको समयमा बेलुका ९ बजेपछिसम्म पनि सुर्योदय देख्न सकिनेछ । हालै गरिएको अनुसन्धानबाट यसरी घडीलाई परिवर्तन गर्दा केटाकेटीहरुको स्वास्थाय्मा पनि फाइदा पुग्ने देखिएको छ ।
विभिन्न ९ वटा देशमा २३ हजार केटाकेटीहरुमाथि गरिएको परिक्ष्यणबाट पुष्टि भएको छ कि समरको समयमा केटाकेटीहरुको दैनिक क्रियाकलापमा २० प्रतिशतले वृद्धि हुने गर्दछ । हिजोआज प्रायजसो उपकरणहरुको समय आफै परिवर्तन हुने गर्दछन भने केहीलाई भने आफैले परिवर्तन गर्नुपर्ने हुछ ।





