आज राति तपाइंको घडि एक घन्टा पछाडि जानेछ,

गोर्खा अनलाइन रेडियो, लन्डन

के तपाईंलाई अलि बढी सुत्न मन लागेको छ ? यदि तेस्तो हो भने आज राति बेलायतवासीहरुले एक घण्टा बढी सुत्न पाउनुहुनेछ तर तपाईं ड्यूटीमा हुनुहुन्छ भने चाहिं तपाइंले विगतको तुलानामा एक घण्टा बढी खट्नुपर्ने हुन्छ । २७  अक्टुबर २०१९ आइतवार बिहानको २ बजेबाट यूकेको समय एक घण्टा पछाडी जाँदैछ,  अर्थात आइतबार बिहानको २ बजेको समयलाई १ बजेको समयमा निर्धारित गरिनेछ ।

यहाँ प्रत्यक वर्ष घडीको समयलाई दुइपटक परिवर्तन गरिन्छ । मार्च महिनामा ब्रिटिस समर टाइम (British Summer Time ) को समयलाई एक घण्टा अगाडी लगिन्छ भने अक्टुबर महिनामा (Greenwich Mean Time) घडीलाई एक घण्टा पछाडि सारिन्छ । ‘डे लाईट सेभिंग’ भनिने यस्तो प्रचलन सर्वप्रथम दोस्रो विश्व युद्धताका जर्मनबाट शुरु गरिएको हो ।

यसले गर्दा इनर्जी बचत हुने, सवारी दुर्घटना कम हुने, अपराधमा नियन्त्रण हुनुका साथै ब्यापार व्यवसायमा पनि फाइदा पुग्ने धारणा रहेको छ । ब्रिटिस समरको समयमा बेलुका ९ बजेपछिसम्म पनि सुर्योदय देख्न सकिनेछ । हालै गरिएको अनुसन्धानबाट यसरी घडीलाई परिवर्तन गर्दा केटाकेटीहरुको स्वास्थाय्मा पनि फाइदा पुग्ने देखिएको छ ।

विभिन्न ९ वटा देशमा २३ हजार केटाकेटीहरुमाथि गरिएको परिक्ष्यणबाट पुष्टि भएको छ कि समरको समयमा केटाकेटीहरुको दैनिक क्रियाकलापमा २० प्रतिशतले वृद्धि हुने गर्दछ । हिजोआज प्रायजसो उपकरणहरुको समय आफै परिवर्तन हुने गर्दछन भने केहीलाई भने आफैले परिवर्तन गर्नुपर्ने हुछ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित