७ करोडको लगानीमा बागलुङमा बीएसआर मुभिज् निर्माण

बागलुङ – बीएसआर गु्रपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधासहितको मल्टिप्लेक्स सञ्चालनमा आएको छ । काठमाडौंको गोगंबुमा रहेको बिजी मल निर्माण गर्ने समुहले नै बागलुङमा ७ करोड ५० लाख रुपैयाँ लगानी गरेर बीएसआर मुभिज् निर्माण गरेको हो ।

बीएसआर मुभिज्मा २ वटा हलहरु रहेका छन् । २०० र २२६ वटा आरामदायी सिटसहितका हलहरु रहेको मल्टिप्लेक्सभित्र कफीसप, रेष्टुरेन्ट पनि रहेको छ । पहिलाको पूजा चलचित्र मन्दिरलाई भत्काएर बीएसआर गु्रपले अत्याधुनिक सुविधासहितको मल्टिप्लेक्स सञ्चालनमा ल्याएको हो । एसी, डिजिटल सराउण्डिङ साउण्ड सिष्टम, लक्जरी सिटले बागलुङ र आसपासका क्षेत्रका दर्शकलाई नयाँ अनुभव दिने बीएसआर गु्रपले जनाएको छ । बीएसआर गु्रपले मुभिको आफ्नै ब्राण्डलाई चेनको रुपमा फैलाउने योजनाअनुसार बीएसआर नेटवर्कलाई अगाडी बढाएको छ ।

काठमाडौंको बिजी मलपछि बीएसआरको दोस्रो शाखाको रुपमा बागलुङमा सञ्चालनमा आएको हो । ग्रुपका कार्यकारी निर्देशक राजु गिरीले बागलुङमा सञ्चालनमा आएको मल्टिप्लेक्सले यस क्षेत्रका दर्शकका लागि नयाँ सुविधा र गन्तव्य थपिएको बताए । ‘सानो सहरमा मल्टिप्लेक्स खुल्नु नेपाली चलचित्रका लागि पनि राम्रो हो,’ उनले भने । दर्शकका रुचिअनुसार नेपाली, हिन्दी र अँग्रेजी चलचित्र सञ्चालन गर्ने उनले बताए ।


जनमञ्च

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित