उपनिर्वाचन उम्मेद्वार चयनका लागि आज काङ्ग्रेस बैठक बस्दै

काठमाडौँ । उपनिर्वाचनका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज दिउँसो ३ बजेपछि बैठक बस्न लागेको छ ।

सहमहामन्त्री महतका अनुसार पदाधिकारी बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट बन्ने उम्मेदवारका बारेमा छलफल केन्द्रीत हुनेछ ।

‘जिल्लाबाट सिफारिस भएर आएका नामहरुमा छलफल हुन्छ । तर कतिपय जिल्लाबाट उम्मेदवारको नाम आइनसकेकाले मोटामोटी छलफल भएपनि निर्णयमा पुग्न बाँकी नै रहनसक्छ,’ सहमहामन्त्री महतले रातोपाटीसँग भने, ‘कास्की लगायतका जिल्लाका बारेमा विशेष छलफल हुनसक्छ ।’

मंसिर १४ गते विभिन्न ३७ जिल्लामा प्रतिनिधि सभा सदस्य–१, प्रदेश सभा सदस्य–३ र स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडा अध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।

जसमध्ये कास्की निर्वाचन क्षेत्र नं २ मा हुने प्रतिनिधसभा सदस्य निर्वाचनलाई प्रमुख राजनीतिक दलहरुले महत्त्वका साथ लिएका छन् । यो क्षेत्रबाट निर्वाचित तत्कालीन एमालेका रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि खाली भएको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित