आलमले पोलिग्राफ परिक्षण गर्न मानेनन्

बम बनाउँदै गर्दा पड्केर घाइते भएकाहरूलाई इँटाभटामा ज्युँदै पोलेर मारेको आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमले पोलीग्राफ परिक्षण गर्न अस्वीकार गरेका छन्।

‘हामीले पोलिग्राफ टेस्ट गर्न उहाँको सहमती खोजेका थियौं तर उहाँले मान्नु भएन’, प्रहरी श्रोतले सेतोपाटीलाई भन्यो।

यसलाई भरपर्दो प्रमाण नमानिए पनि कुनै व्यक्तिले घटनाका बारेमा साँचो-झुटो के बोल्यो भन्ने पत्ता लगाउन यो प्रविधि र परिक्षणले धेरै सघाउ पुर्‍याउँदै आएको छ।

यसैगरी उनको सरकारी वकिलसमक्षको बयान सकिएको छ। बयानका क्रममा उनले १२ वर्ष अगाडि घटेको सो घटना घट्दै नघटेको बताएका छन्।

यसक्रममा सोधिएका सबै प्रश्नमा आलमले इन्कारी बयान दिदैं आफूले घटनामा मारिएका र जाहेरीवालाहरूलाई चिन्दैनचिन्ने बताएको प्रहरी श्रोतले सेतोपाटीलाई जानकारी दिएको छ।
सेतोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित