धादिङमा अष्ट्रियन नागरिकको मृत्यु

धादिङ : उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा-१ को सोमदाङमा अष्ट्रियन नागरिकको मृत्यु भएको छ। वीङगर वीलियम नाम गरेका अष्ट्रियाका ६७ वर्षीय ३२ सय मिटर उचाइमा रहेको धादिङ र रसुवाको सीमा नाका सोमदाङमा मृत्यु भएको हो। उननको पासपोर्ट नम्बर पी ६१६८१८५ रहेको छ।

शनिबार साँझ सोमदाङमा खाजासहित पेय पदार्थ समेत खाएका उनी एक्कासी ढलेको स्थानीयलाई उद्धृत गर्दे घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी राजकुमार बैदवारले बताए।

‘उनी एकजना साथीसँगै गोरखाको पर्यटकीय क्षेत्रको पदयात्राका लागि हिँडेका रहेछन्’, उनले भने, ‘शनिबार एक्कासी ढलेपछि केहीवेरमा उनको मृत्यु भएको रहेछ।’

घटना भएको जानकारी पाएपछि शनिबार नै सेर्तुङबाट प्रहरी घटनास्थलतर्फ गएको थियो। आइतबार दिउँसो हेलिकप्टर लिएर प्रहरी प्रमुख बैदवारसहितको टोली घटनास्थलमा पुगेको हो। घटनास्थलको प्रकृति हेर्दा अत्याधिक चिसोका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

शव हेलिकप्टरबाट काठमाडौंस्थित शिक्षण अस्पतालमा पठायउको प्रहरीले बताएको छ।

धादिङ र गोर्खाको पर्यटकीय क्षेत्रको भम्रणका लागि आएका उनी काठमाडौँबाट नुवाकोट, रसुवा हुँदै सोमदाङ पुगेका हुन्। उनीहरु ट्रेकिङका लागि काठमाडौँस्थित हाई कन्ट्री ट्रेकिङ प्रालिमार्फत् गएका थिए। घटनास्थल प्रहरी चौकी सेर्तुङबाट १० घण्टा पैदल दुरीमा छ।

अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित