सभापति देउवाको धारणा व्यक्तिगत :गगन थापा

काठमाडौं। काँग्रेस सांसद मोहम्मद अफताव आलाम २२ जनालाई जिउँदै जलाएर हत्या गरेको जघन्य अपराधको आरोपमा हाल प्रहरीको हिरासतमा छन्। यही प्रंसंगमा शुक्रबार पार्टी सपभापति शेरबहादुर देउवाले ‘आलम पक्राउ पर्नु काँग्रेसमाथिको षडयन्त्र’ भनेको चर्चा भयो। यो चर्चापछि शनिबार सभापति देउवाले स्पष्टिकरण दिँदै आफुले त्यस्तो नभनेको र अनुसन्धानमा काँग्रेसले सहयोग गर्ने बताए।

यहीबीचमा शनिबार काँग्रेस नेता तथा सांसद गगनकुमार थापाको एक ट्वीट आएको छ। उनको ट्वीटमा सभापति देउवाको भक्तपुरको भनाईलाई अप्रत्यक्षरुपमा व्यक्तिगत धारणा भनेका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘जोसुकै होस्,जहाँ भएको होस्, जहिले भएको होस्, जुनसुकै ओहोदामा पुगेकोले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ। दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ।निष्पक्ष छानबिनका लागी सहयोग गर्नु हाम्रो कर्तव्य हो। यही हो काँग्रेसको धारणा। बाँकी सबै व्यक्तिगत धारणा हुन।’

नेता थापाले पार्टीले आलममाथि भइरहेको अनुसन्धानमा काँग्रसले दबाब नदिने यसअघि नै बताएका थिए।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित