गोर्खा अनलाइन रेडियो, लन्डन

गैर आवासीय नेपाली संघको नवौँ महाधिवेशनबाट अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । निर्वाचन समितिले अध्यक्षसहित सम्पूर्ण उम्मेद्वारहरुले प्राप्त गरेको मत सार्बजनिक गरेको छ । जसमा एनआरएनएको अध्यक्षमा विजयी कुमार पन्तले १२ सय १७ मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी कुल आचार्यले एक हजार ७० मत पाए।

एनआरएनएको उपाध्यक्षमा बद्रि केसी, अर्जुन कुमार श्रेष्ठ, सोनाम लामा, मन केसी विजयी भएका छन भने महिला उपाध्यक्षमा रबिना थापा विजयी भएकी छिन् । जसमा उपाध्यक्षका उम्मेद्वारहरु अर्जुन कुमार श्रेष्ठ १०२६, डा. बद्री केसी ११६३, धर्मराज अधिकारी ७५५, हिक्मत बहादुर थापा ४१४, डा. केशब पौडेल ८७०, किरण विक्रम थापा ४२३, मन केसी, ९६१, नरेन्द्र बहादुर भाट ७५९, सोनाम लामा ८९८ मत ल्याएका छन् भने महिला उपाध्यक्षमा रविना थापा १२३२ तथा सपिला राजभण्डारीले ८६३ मत पाएका छन् ।
यस्तै महासचिवमा हेमराज शर्मा, सचिवमा गौरी जोशी, आरके शर्मा, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा लोक दाहाल तथा महिला संयोजकमा भोमा लिम्बु विजयी भएका छन् । जसमा महासचिवका उम्मेद्वार डा. हेमराज शर्मा ११३९ तथा जानकी गुरुङले १०५३ पाएकी छिन् भने सचिवमा अभिमान सिँह बस्नेत ४९९, विनय अधिकारी २६८, दीपक प्रसाद ओली २७०, गौरी राज जोशी ८६८, शिव कुमार बरुवाल ५७९ तथा सुष्मा लिम्बुले ४४१ मत ल्याएका छन् । जसमध्ये गौरी राज जोशी र आर के शर्मा विजयी भएका छन् ।
सन् १९७६ मा गोर्खाको फुजेलमा जन्मेका पन्त दुई दशकदेखि जर्मनीको फ्र्यांकफर्टमा व्यवसाय गर्दै बस्दै आएका छन् । उनले समाजशास्त्रमा स्नातक गरेका छन् । २००४ मा एनआरएन अभियानमा जोडिएका पन्त २००९-२०११ मा अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य भए । २०११ -०२३ मा युरोप संयोजक भएका पन्त २०१३-२०१५ मा आईसीसी महासचिव भए । २०१५ देखि आईसीसी उपाध्यक्ष भएका पन्तले दुई कार्यकाल आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।





