काठमाण्डौ – गैरआवसीय नेपाली संघ एनआरएनएको मतगणना सकिएको छ । अध्यक्षका प्रतिस्पर्धी कुल आचार्यलाई केही मतले पछि पार्दै कुमार पन्त विजयी भएका छन् भने आचार्य प्यानलकी महासचिवकी उम्मेद्वार जानकी गुरुङलाई केही मतले पछि पार्दै डा. हेमराज शर्मा महासचिव पदमा निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा महेश श्रेष्ठ , यूरोप उपसंयोजकमा कृष्ण तिमल्सिना ,ओसेनिया संयोजकमा होम पाण्डे निर्वाचित भएका छन् ।





