विप्लब समूहका क्षेत्री र शाक्य पुनः पक्राउ

त्रविक्रम चन्द बिप्लब समूहको म्याग्दी जिल्ला इन्चार्ज बिकिरण क्षेत्री र सेक्रेटरी बाबुलाल शाक्य अदालतबाट पक्राउ परेका छन् ।
जिल्ला अदालतमा धरौटी बुझाएर तारेखमा छुटेका उनीहरुलाई प्रहरीले बिहिवार दिउसो पक्राउ गरेको हो । उनीहरुलाई राज्य विरुद्ध अपराध गरेको आरोप लगाइएको छ ।
दशै अघि उच्च अदालत बागलुङले छाड्न आदेश दिएको थियो । आदेश पालना गर्नका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीले बिहिवार उनीहरुलाई जिल्ला अदालत बागलुङ ल्याएको थियो । उनीहरु यस अघि म्याग्दी कारागार थिए । राज्य बिरुद्धको अपराध गरेको आरोपमा गत साउन ७ गते उनीहरु पक्राउ परेका थिए । जिल्ला अदालत म्याग्दीले दुवैजनालाई जनही ३५ हजार रुपैया“ धरौटी लिएर तारेखमा छाड्न दिएको आदेश बिरुद्ध उच्च अदालत पोखराको बागलुङ ईजलासले धरौटी समेत नलिई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । जिल्ला अदालत बागलुङमा पनि रहेको मुद्दामा भने उनीहरुलाई जनही १० हजार धरौटी मागिएको थियो । धरौटी बुझाउन आएका परिवारका सदस्यलाई भेट्न समेत नदिई उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरिक्षक झविन्द्रप्रसाद भट्टराईले स्याङजामा उनीहरुको मुद्दा भएकोले उता बुझाई दिने बताए ।
जनमञ्च

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित