जापानमा आँधीबाट ज्यान गुमाउनेको सङ्ख्या ७७ पुग्यो

जापानमा आएको पछिल्लो आँधीका कारण मृत्यु हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ।

अधिकारीहरूले बिहीबार दिएको पछिल्लो विवरण अनुसार आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ७७ पुगेको छ।

केही दिन अगाडि आएको विनाशकारी आँधीका कारण जापानका ठूलो जनधनको क्षति भएको छ। यो आँधीलाई लामो समयको अन्तरालमा आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ।

अधिकारीहरूका अनुसार बिहीबारसम्म पनि झण्डै ३३ हजार घरहरूमा बाढीको असर बाँकी नै रहेको छ। आँधीले एक हजार ७०० घर पूर्ण तथा आंशिकरूपमा क्षतिग्रस्त बनाएको छ।

त्यसैगरी २३ हजार हेक्टर क्षेत्रफल जमिनमा आँधीले असर पारेको भूमि मन्त्रालयले जानकारी दिएको छ‍।

सेतोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित