गोर्खा अनलाइन रेडियो लन्डन,

गैर आवासीय नेपाली संघ (एनआरएन) को नवौं अधिवेशनले सन् २०१९ – २०२१ को कार्यकालको लागि अध्यक्ष पदमा कुमार पन्त लाई निर्वाचित गरेको छ । पन्तले आफ्ना प्रतिद्वन्दी कुल आचार्यलाई पराजित गर्दै आफू निर्वाचित भएका हुन । पन्तले एक हजार दुई सय सत्र मत ल्याए भने आचार्यले एक हजार सत्तरी मत ल्याएका छन् ।
प्राविधिक कारणले गर्दा विधयुतीय माध्यमको प्रक्रियालाई हटाएर ब्यालेट पेपरबाट नै मतदान सम्पन्न भएको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका थिए । अन्य विजयी हुनेहरुमा उपाध्यक्षमा डा. बद्री केसी, सोनाम लामा, अर्जुन श्रेष्ठ र महिला उपाध्यक्षमा रबिना थापा रहेका छन् । तेस्तै माहासचिवमा डा. हेमराज शर्मा, सचिव गौरी जोसी, सचिव आरके शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, सहकोषाध्यक्ष लोक दाहाल विजयी भएका छन् । केहि क्षणमा नै औपचारिक घोषणा हुने जानकारी प्राप्त भएको छ ।
सन् १९७६ मा गोर्खाको फुजेलमा जन्मेका पन्त दुई दशकदेखि जर्मनीको फ्र्यांकफर्टमा व्यवसाय गर्दै बस्दै आएका छन् । उनले समाजशास्त्रमा स्नातक गरेका छन् । २००४ मा एनआरएन अभियानमा जोडिएका पन्त २००९-२०११ मा अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य भए । २०११ -०२३ मा युरोप संयोजक भएका पन्त २०१३-२०१५ मा आईसीसी महासचिव भए । २०१५ देखि आईसीसी उपाध्यक्ष भएका पन्तले दुई कार्यकाल आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।





