एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

गोर्खा अनलाइन रेडियो लन्डन,

गैर आवासीय नेपाली संघ (एनआरएन) को नवौं अधिवेशनले सन् २०१९ – २०२१ को कार्यकालको लागि अध्यक्ष पदमा कुमार पन्त लाई निर्वाचित गरेको छ । पन्तले आफ्ना प्रतिद्वन्दी कुल आचार्यलाई पराजित गर्दै आफू निर्वाचित भएका हुन । पन्तले एक हजार दुई सय सत्र मत ल्याए भने आचार्यले एक हजार सत्तरी मत ल्याएका छन् ।

प्राविधिक कारणले गर्दा विधयुतीय माध्यमको प्रक्रियालाई हटाएर ब्यालेट पेपरबाट नै मतदान सम्पन्न भएको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका थिए । अन्य विजयी हुनेहरुमा उपाध्यक्षमा डा. बद्री केसी, सोनाम लामा, अर्जुन श्रेष्ठ र महिला उपाध्यक्षमा रबिना थापा रहेका छन् । तेस्तै माहासचिवमा डा. हेमराज शर्मा, सचिव गौरी जोसी, सचिव आरके शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, सहकोषाध्यक्ष लोक दाहाल विजयी भएका छन् । केहि क्षणमा नै औपचारिक घोषणा हुने जानकारी प्राप्त भएको छ ।

सन् १९७६ मा गोर्खाको फुजेलमा जन्मेका पन्त दुई दशकदेखि जर्मनीको फ्र्यांकफर्टमा व्यवसाय गर्दै बस्दै आएका छन् । उनले समाजशास्त्रमा स्नातक गरेका छन् । २००४ मा एनआरएन अभियानमा जोडिएका पन्त २००९-२०११ मा अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य भए । २०११ -०२३ मा युरोप संयोजक भएका पन्त २०१३-२०१५ मा आईसीसी महासचिव भए । २०१५ देखि आईसीसी उपाध्यक्ष भएका पन्तले दुई कार्यकाल आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित