एनआरएनएको निर्वाचन सम्पन्न, २३ सय ४४ मत खसेको जानकारी

गोर्खा अनलाइन रेडियो,लन्डन
गैर आवासीय नेपाली संघ (एनआरएन) को नवौं विश्व सम्मेलनको क्रममा हिजो स्थगित भएको मतदान कार्यक्रम आज सम्पन्न भएको छ । प्राप्त जानकारी अनुसार मतदानमा २३ सय ४४ मत खसेको छ । निर्वाचन आयोगद्धारा दिएइको जानकारी अनुसार लगभग ९२ प्रतिशत मतदान भएको छ ।

चाडै नै मतगणना सुरु हुने बताइएको छ । मतदान विहान १० बजेदेखि सुरु भएर साढे पाँच बजे सकिएको थियो । आज रातीभरमा नै मत परिणाम आउने तयारी गरिएको छ । मतदान ४२ पदका ७५ जनाले उम्मेदवारी दर्ता गरेकोमा केहि पद भने निर्विरोध भएका छन् । जम्मा २५७० मतदाताहरु रहेको र तेसमध्य २३ सय ४४ मत खसेकोछ ।

आज हुने भनिएको समापन समारोह शुक्रबार बिहान गरिने भएको छ । प्राप्त जानकारी अनुसार युरोपबाट ९२०, मिडल इष्टबाट ४७०, अमेरिकाबाट २६१, एसिया प्यासिफिकबाट ४६२, ओसियनियाबाट २१५ र अफ्रिकाबाट १६ मत खसेको बताइएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित