गोर्खा अनलाइन रेडियो,लन्डन
गैर आवासीय नेपाली संघ (एनआरएन) को नवौं विश्व सम्मेलनको क्रममा हिजो स्थगित भएको मतदान कार्यक्रम आज सम्पन्न भएको छ । प्राप्त जानकारी अनुसार मतदानमा २३ सय ४४ मत खसेको छ । निर्वाचन आयोगद्धारा दिएइको जानकारी अनुसार लगभग ९२ प्रतिशत मतदान भएको छ ।
चाडै नै मतगणना सुरु हुने बताइएको छ । मतदान विहान १० बजेदेखि सुरु भएर साढे पाँच बजे सकिएको थियो । आज रातीभरमा नै मत परिणाम आउने तयारी गरिएको छ । मतदान ४२ पदका ७५ जनाले उम्मेदवारी दर्ता गरेकोमा केहि पद भने निर्विरोध भएका छन् । जम्मा २५७० मतदाताहरु रहेको र तेसमध्य २३ सय ४४ मत खसेकोछ ।
आज हुने भनिएको समापन समारोह शुक्रबार बिहान गरिने भएको छ । प्राप्त जानकारी अनुसार युरोपबाट ९२०, मिडल इष्टबाट ४७०, अमेरिकाबाट २६१, एसिया प्यासिफिकबाट ४६२, ओसियनियाबाट २१५ र अफ्रिकाबाट १६ मत खसेको बताइएको छ ।





