गोर्खा अनलाइन रेडियो लन्डन,
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि प्राविधिक कारण देखाई स्थगित गरिएको मतदान पुन शुरु भएको छ । काठमाडौंको ह्यात होटलमा मंगलबारदेखि संघको नवौँ अन्तर्राष्ट्रिय सम्मेलन चलिरहेको छ । महाधिवेशनबाट केन्द्रीय समितिको ४२ जना पदाधिकारीका लागि ७५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ८१ मुलुकमा शाखा रहेको एनआरएनएको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष कुमार पन्त र कुल आचार्य प्रतिस्पर्धामा उत्रिएका छन् ।

यसपटकको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी दुवै उम्मेदवारहरुको प्रचार प्रसार जोडतोडका साथ् र अलि फरक ढंगले चलेको छ । एनआरएनका उम्मेदवारहरुले प्रचार प्रसारको लागि सुन्दरी युवतीहरुको प्रयोग गरेको भन्ने विषयमा पनि निकै चर्चा चलेको छ । तर दुखको कुरो विदेशमा बसेर आएका एनआरएन हरुको व्यबहार र क्रियाकलापले गर्दा गैर आवासीय नेपालीहरु प्रति हेरिने नजर भने पक्कै पनि खस्केको छ । विदेशमा सिकेको ज्ञान शिप र आर्जनलाई स्वदेशमा भित्र्याएर देश विकासमा सहयोग पुर्याउने प्रतिवद्धतालाई नेपाली जनताले हास्यास्पद भन्न थालेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको क्रियाकलाप र ह्यात होटलमा देखिएको व्यबहारले गर्दा गैर आवासीय नेपालीहरुको चरित्रमा ठुलै धक्का पुगेको छ । कुनै पनि काम गर्नलाई बोलेर मात्र पुग्दैन व्यबहारले पनि देखाउन सक्नुपर्दछ, तर त्यत्ति ठूलो संकल्प बोकेर हिंडेको गैर आवासीय नेपालीहरुको व्यबहार र क्रियाकलाप भने पक्कै पनि प्रश्नवाचक चिन्ह खडा गरेको छ । हुन त सबै गैर आवासीय नेपालीहरुलाई एकै नजरले भने हेर्न मिल्दैन, जुन क्रियाकलापमा संलग्न भएका छन् त्यस किसिमका व्यक्तिहरुको संख्या अत्यन्तै न्यून रहेको छ ।

तर तिनै सिमित व्यक्तिहरुको व्यबहारले सम्पूर्ण सिंगो एनआए न संस्थालाई नै खलल पुर्याएको छ । राजनैतिक आस्थाप्रति एनआरएनको झुकाव भएको भन्दै सर्वत्र विरोध भएको छ । चरम राजनीतिकरण भएको भन्दै संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले सम्मेलन नै बहिस्कार गरेका छन् । अस्वभाविक राजनीतिक ध्रुवीकरण गर्दै भातृ संगठन जस्तो बनाउन खोजिएको उनको धारणा रहेको छ । यस्ता विविध कारणले गर्दा भन्ने पर्ने हुन्छ “आयो एनआरएन” र अन्तमा जोड्ने पर्ने हुन्छ “तोडफोड गरेर गयो एनआरएन” । नयां नेतृत्वले यस्ता क्रियाकलापलाई नियन्त्रण गर्दै स्वच्छ छविको एनआरएन बनाउन सकोस र प्रवासमा भएका सम्पूर्ण नेपालीहरुको दुख पीडालाई बुझ्न सकोस अग्रिम शुभकामना…।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित