ठूलो मात्रामा विष्फोटक पदार्थसहित विप्लव समूहका केन्द्रीय सदस्यसहित २१ जना पक्राउ

काठमाडौं। दाङबाट ठूलो मात्रामा विष्फोटक पदार्थसहित विप्लव समूहका केन्द्रीय सदस्यसहित २१ जना कार्यकर्ता पक्राउ परेका छन्।

उनीहरुलाई बिहीबार राति १ बजे राजपुर गाउँपालिकाको नरेठाँट जंगलमा रहेको एक घरमा बैठक बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी विनोदविक्रम शाहले जानकारी दिए।

‘आज राति १ बजे राजपुर गाउँपालिका–४ को नरेठाँट जंगलमा रहेको एक घरबाट बैठक गरिरहेको अवस्थामा केही केन्द्रीय सदस्यसहित २१ जनालाई पक्राउ गरिएको छ,’ डिएसपी शाहले डिसी नेपालसँग भने, ‘अहिले उनीहरुलाई सदरमुकाम ल्याउने काम भइरहेको छ।’

प्रहरीले २१ जना पक्राउ परेको पुष्टि गरेपनि विष्फोटक पदार्थ कति मात्रामा फेला परेको हो भन्ने विषयमा यकिन भइनसकेको जनाएको छ। अहिले उक्त ठाउँमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका २१ जनालाई सदरमुकाम ल्याइँदैछ। उनीहरु कुन तहका नेता कार्यकर्ता हुन् भन्ने कुरा अनुसन्धानपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ। सरकारले गत फागुन २८ गते नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध लगाएपछि ठूलो संख्यामा विप्लव समूहका नेता कार्यकर्ता पक्राउ परिरहेका छन्।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित