गौतम बुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा

भैरहवा : सन् २०२० देखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ। तीन किलोमिटर धावनमार्ग निर्माण सकिएको छ। प्रशासनिक भवन पनि अन्तिम चरणमा पुगेको छ। मार्वल बिछ्याउने तथा टायल्स लगाउने काम भइरहेको छ। टर्मिनल भवनमा मार्वल, टायल, सीसीटिभी, एक्स–रे मेसिन जडानलगायत काम सुरु भइसकेको छ।

आगमन तथा प्रस्थान भवनको छानो लगाउने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माणअन्तर्गत भौतिक संरचना निर्माण अन्तिम अवस्थामा छ। टर्मिनल भवन फिनिसिङ र केही उपकरण जडानको काम भइरहेको छ।

विशेष गरी उपकरण जडानको काम मात्र बाँकी रहेको आयोजना प्रमुख अधिकारीको बताए। उपकरण जडान भएपछि भौतिक प्रगती बढ्ने उनले बताए। विमानस्थलको भौतिक पूर्वाधार तर्फ ८२ प्रतिशत काम सम्पन्न भइसकेको छ। पछिल्लो समय ओभरहेड ट्यांकी निर्माण, टर्मिनल भवनमा छानो लगाउने काम एकसाथ अगाडि बढाइएको छ। ‘अब स–साना काम मात्र बाँकी छ। सबै उपकरण नआएकाले उपकरण जडान कार्यलाई अगाडी बढाउने सकिएको छैन’, आयोजना प्रमुख अधिकारीले भने, ‘युरोपेली देश, अमेरीका तथा चीनबाट आउने उपकरण बाटोमै छ।’ उपकरण आइपुगेपछि सम्भवतः सन् २०१९ डिसेम्बरसम्ममा विमानस्थलको काम सम्पन्न हुने अपेक्षा गरिएको छ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित