Home > Blog > गुल्मीमा खोला तर्ने क्रममा दुई जना बेपत्ता

गुल्मीमा खोला तर्ने क्रममा दुई जना बेपत्ता

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गुल्मी । गुल्मीमा बडीगाड खोला तर्ने क्रमम क्रममा बगेर २ जना बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–५ तिलारा निवासी २१ वर्षिय दिपक बिक, ५ वर्षिय गरिमा बिक बडिगाड खोलामा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।

मंगलवार छल्दी र बडिगाड खोलाको दोभान भन्ने स्थानमा खोलामा खोला तर्ने क्रममा ३ जना बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता मध्ये ७ वर्षिय किसान बिकलाई स्थानीय माछा मार्नेले देखेर उद्धार गरेका प्रहरी निरीक्षक रावलले बताए । बगेर बेपत्ता भएका २ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
अनलाइनखबर

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1