पारसले दिए कप्तानबाट राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानीबाट राजीनामा दिएका छन् । मंगलबार उनले कप्तानबाट राजीनामा दिएका हुन्। उनले सामाजिक सञ्जालमा कप्तानीबाट राजीनामा दिएको घोषणा गरेका छन्।

२००९ मा नेपाली टिमको कप्तान बनेका पारसले १० वर्ष नेपाली क्रिकेटको नेतृत्व गर्दा नेपाललाई डिभिजन फाइभबाट ओडिआई स्टाटससम्म पुर्याए भने २०१४ मा टि ट्वान्टी विश्व कपमा पनि सहभागिता गराए।

पारस खड्का नेपालका लागि ओडिआई र टि ट्वान्टीमा शतक प्रहार गर्ने एकमात्र खेलाडी हुन्। नेपाली क्रिकेटको एक दशक पारसकै दबदबामा रहेको थियो।

पारसले राजीनामा दिँदै अब नयाँ क्यानसँग नयाँ टिम स्प्रिरिटमा काम गर्नुपर्ने बताएका छन्। उनले आईसीसीले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गरेकोमा बधाइसमेत दिएका छन्। आईसीसीले सोमबारमात्र निलम्बन फुकुवा गरेको थियो।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित