दुई दिने राजकीय भ्रमण पूरा गरेर चिनियाँ राष्ट्रपति सी स्वदेश फिर्ता

गोर्खा अनलाइन रेडियो, लन्डन

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी सी चिनफिङ आज अपरान्ह स्वदेश फर्किएका छन्।

नेपालमा रहँदा राष्ट्रपति सीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेकपा सचिवालय सदस्यहरूसँग भेटेका थिए ।

दुई देशबीच भएको भेटवार्तामा राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आइतबार द्वीपक्षीय हितका विभिन्न विषयमा छलफल र सम्झौता पनि भएको छ । स्वदेश फिर्ता हुने क्रममा सी लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले बिदाई गरे ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित