आज कोजाग्रत पूर्णिमा, यसपालीको बडादशैंको अन्तिम दिन

गोर्खा अनलाइन रेडियो लन्डन,

नेपालीहरुको महान पर्व बडा दशैं आजा कोजाग्रत पूर्णिमाको दिनबाट समाप्त हुदैछ । आज आश्विन शुक्ल पूर्णिमाका अर्थात कोजाग्रत पूर्णिमाको दिन भएको हुँदा आज साँझ महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर बडा दशैंको अन्तिम दिनको रुपमा मनाउने प्रचलन रहेको छ ।

कोजाग्रात पूर्णिमाको पूजा सँगै यो वर्षको १५ दिन लामो दशैंको पनि विदा गरिनेछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको बडा दशै स्वदेश तथा विदेशमा बस्ने नेपालीले आ–आफ्नो तरिकाले मनाउदै आएका छन् ।

आज बेलुका महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउदै आएको बताइन्छ ।

माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।

बडा दशैंलाई देश तथा विदेशमा समेत महत्वपूर्ण रुपमा मनाउने प्रचलन बढेको छ । विदेशमा पनि घरघरमा जमारा राखेर एक आपसमा भेटघाट गरेर टीका ग्रहण गरेर आशिर्वाद आदान प्रदान गर्ने प्रचल बढ्दै गएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित