ट्वाइलेट जाँदा फोनको प्रयोग गर्नुहुन्छ भने सावधान, तपाईंलाई पाइल्स हुन् सक्छ

गोर्खा अनलाइन रेडियो लन्डन,
हिजोआज एकैछिन मानिसको हातमा फोन भएन भने छट्पटी चल्न थाल्छ, अर्थात मोबाइल फोन बिनाको मानव जीवन नै धुरो बन्न जान्छ । हुन त आफ्नो दिनचर्याको हिसाबले फाइदाजनक नै होला तर यसले हाम्रो जीवनमा भने ठुलै असर पुर्याइरहेको हुन्छ । भनिन्छ नि धेरै खायो भने चिनी पनि तितो हुन्छ, तसर्थ मोबाइल फोनको पनि बढी प्रयोग गरेको खण्डमा मानव जीवनलाई विभिन्न खतरा हुनसक्ने प्रमाणित भएको छ ।

हालसालै मात्र ब्रिटेनको एक डाटा कम्पनी ‘युगभ’ले मोबाइल फोन प्रयोगसम्बन्धी एउटा सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा सहभागी मध्य ५७ प्रतिशतले ट्वाइलेट अर्थात शौचालयमा फोनको प्रयोग गर्ने बताएका थिए । आठ प्रतिशतले मोबाइल फोन नबोकी शौचालय छिर्दै नछिर्ने बताएका थिए । प्यासिएन्ट डट इन्फोकी क्लिनिकल डाइरेक्टर डा. सराह जार्भिसले शौचालयमा धेरै समय मोबाइल फोन चलाउँदा पाइल्स हुने सम्भावना बढ्ने बताइन् ।

‘दिसा बस्दा कन्नुपर्ने अवस्था र कब्जियतले पाइल्स हुन्छ,’ डा. जार्भिसले भनिन्, ‘शौचालयमा धेरै बेर बस्दा पनि पाइल्सको समस्या हुन सक्छ । उनले शौचालयमा फोन चलाउने बानी अस्वस्थ भएको बताइन् । ब्याक्टेरिया सम्बन्धी एक नयाँ अनुसन्धान अनुसार मोबाइल फोनमा ट्वाइलेटको सिटमा जत्तिकै र सामान्य ठाउँ भन्दा १० गुणा बढी हानिकारक किटाणुहरु बस्ने गरेको पत्ता लागेको छ ।

डेलीमेललेदिएको जानकारी अनुसार सो अनुसन्धानमा विशेषगरी हाम्रो फोनको स्क्रिनमा सबैभन्दा बढी ब्याक्टेरिया र यिस्ट लगायतका किटाणुहरु हुने देखिएको हो । अध्ययनकर्ताहरुले यसलाई पुष्टि गर्न यसबाट प्राप्त तस्बिरहरु समेत सार्वजनिक गरेका हुन् जसकारण यसलाई अहिले गम्भीर समस्याका रुपमा हेरिएको बताइएको छ । फोनको पछाडिको भाग, लक गर्ने बटन र होम बटनमा पनि अधिक किटाणुहरु फैलने गरेको अनुसन्धानको दाबी छ ।
तसर्थ फोनलाई बारम्बार सफा गरिरहनुपर्छ र यसको प्रयोगलाई कम गर्दै लैजानुपर्ने अनुसन्धानले देखाएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित