सी चिनफिङ दुई दिने भ्रमणका लागि शनिबार नेपाल आउने पक्का

गोर्खा अनलाइन रेडियो यूके,
नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनीयाँ राष्ट्रपति नेपाल भ्रमणमा आउने भएका छन् । उनी यही २५ र २६ गते नेपाल भ्रमणमा रहने बुधबार परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । जारी विज्ञप्ती जनाएअनुसार नेपालमा रहँदा सीले राष्ट्रपति भण्डारीसँग दुई पक्षीय भेटवार्ता गर्नेछन भने प्रधानमन्त्री केपी शर्मा ओलीबीच पनि औपचारिक भेटवार्ता गर्ने भएका छन् ।

औपचारिक भेटवार्ताका क्रममा केही दुई पक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने पनि मन्त्रालयले जनाएको छ । राष्ट्रपतिका रूपमा पहिलो पटक नेपाल आउन लागेका सी सन् २०१३ मा चीनका राष्ट्रपति बनेका हुन् । नेपाल बसाईका क्रममा सीले अन्य राजनीतिक दलका नेताहरूसँग पनि भेट्ने कार्यक्रम छ । असोज २६ गते सीको स्वदेश फर्किने कार्यक्रम रहेको छ । फोटो साभार अनलाइन

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित