गोर्खा अनलाइन रेडियो यूके,
नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनीयाँ राष्ट्रपति नेपाल भ्रमणमा आउने भएका छन् । उनी यही २५ र २६ गते नेपाल भ्रमणमा रहने बुधबार परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । जारी विज्ञप्ती जनाएअनुसार नेपालमा रहँदा सीले राष्ट्रपति भण्डारीसँग दुई पक्षीय भेटवार्ता गर्नेछन भने प्रधानमन्त्री केपी शर्मा ओलीबीच पनि औपचारिक भेटवार्ता गर्ने भएका छन् ।
औपचारिक भेटवार्ताका क्रममा केही दुई पक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने पनि मन्त्रालयले जनाएको छ । राष्ट्रपतिका रूपमा पहिलो पटक नेपाल आउन लागेका सी सन् २०१३ मा चीनका राष्ट्रपति बनेका हुन् । नेपाल बसाईका क्रममा सीले अन्य राजनीतिक दलका नेताहरूसँग पनि भेट्ने कार्यक्रम छ । असोज २६ गते सीको स्वदेश फर्किने कार्यक्रम रहेको छ । फोटो साभार अनलाइन





