Breaking News
Home > Blog > नेपाली दूतावास लण्डनमा दशैंको रमझम, अध्यक्ष पुनम गुरुङ लगायत सम्मानित

नेपाली दूतावास लण्डनमा दशैंको रमझम, अध्यक्ष पुनम गुरुङ लगायत सम्मानित

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके, {फोटोको लागि यहाँ क्लिक गर्नुहोला }

लन्डन । नेपालीहरुको महान पर्वको रुपमा हेरिने बडा दशैँ आउन केहि दिनमात्र बाँकी छ भने यसको चटारोले सबैलाई भ्याई नभ्याई छ । प्रवाशको दशैं खल्लो महशुस गर्नेहरु अहिले अपवादबाहेक प्रवाशमा पनि प्रशस्त रमाउने गरेको पाइन्छ । तेस्तै स्वदेशको सम्झनालाई बिर्साउने प्रयास गर्दै आएको छ नेपाली दूतावास लण्डनले, । प्रायजसो राष्ट्रिय दिवस, राष्ट्रिय पर्व लगायतका अन्य विभिन्न चाडपर्वहरुलाई नेपाली दूतावास लन्डनले कुनै कुनै रुपले सम्वोधन गर्दै आएको छ । केहि वर्ष राजदूतको अभाव पश्चात बेलायती राजदूतको रुपमा आएका राजदूत डा दुर्गा बहादुर सुवेदी (दुवसु क्षेत्री ) ले शुरुका दिनदेखि नै दूतावासको कामकारवाही देखि नेपाली कला संस्कृति र साहित्यलाई विशेष प्राथामिकता साथ हेर्दै आएका छन् । सोहि अनुरुप यसपाली पनि दूतावासले “ विजयादशमी, दीपावली, म्हपूजा, नेपालसम्बत, छठ, जितिया, उधौली, ल्होसार र माघी “ लगायत नेपालका महान संस्कृतिक पर्वहरुका शुभ अवसरमा शुभकामना आदान प्रदान गर्नको लागि एक विशेष समारोहको आयोजना गरेको थियो । शनिबार आयोजित सो कार्यक्रममा प्रमुख अतिथि भूतपूर्व परराष्ट्र मंत्री डा. भेषबहादुर थापाको आतिथ्यता रहेको थियो । मध्यान्नको समयमा आयोजित उक्त कार्यक्रममा चार सय भन्दा बेलायातवासी नेपाली लगायत केहि विदेशीहरुको पनि जमघट रहेको थियो । साथै कार्यक्रममा डा. रिता थापा, गण्डकी प्रदेशसभाकी उपसभामुख सिर्जना शर्मा, नेपालकी राष्ट्रपतिका विज्ञ सल्लाहकार माधव शर्मा, मेची नगर नगरपालिकाका मेयर बिमल आचार्य, एनआरएन युकेकी नवनिर्वाचित अध्यक्ष पूनम गुरुङ, बरो अफ बार्नेटका उपमेयर लक्ष गुरुङ, पूर्व काउन्सिलर धन गुरुङ लगायतको उपस्थिति थियो । आफ्नो सम्वोधनका क्रममा विभिन्न चाडपर्वहरुको शुभकामना दिंदै राजदूत सुवेदीले दुतावासद्वारा गरिने सेवा र सुविधालाई पनि प्रष्ट्याएका थिए । राहदानी लगायतका सेवा आधा घण्टा भित्रै दिने व्यवस्था मिलाएको र घर घरमै भिसा उपलब्ध गराउंदै आइरहेको जानकारी गराउंदा उक्त सुविधालाई बेलायातवासीहरुले दशैंको आशिर्वाद स्वरूप पाएको महशुस गर्न पुगे । ब्रिटेन नेपालबीचको सम्बन्धलाई अझ मजबुत बनाउनको लागि विभिन्न खालका संयोजनकारी भूमिका निर्वाह गर्दै आएका सुवेदीले आउंदो वर्ष २०२० मे महिनामा इंगल्याण्ड फुटबल एसोसियसन तथा सहारा युकेको संयोजनमा लन्डनमा इंगल्याण्डको राष्ट्रिय फुटबल टोली तथा नेपालको राष्ट्रिय फुटबल टोलीबीच ऐतिहासिक खेल हुने निर्णय भएको पनि बताएका थिए । नेपाल भ्रमण वर्षलाई सफल पार्नको लागि विभिन्न तयारि भैरहेको पनि अवगत गराएका थिए । प्रमुख अतिथी भूतपूर्व परराष्ट्र मंत्री डा. भेषबहादुर थापाले नेपालीहरुले संसारभरि गरेको क्रिकलापबाट आफू हर्षित रहेको बताउंदै नेपालमा भने सोचे अनुरुप हुन् नसकेको बताएका थिए । “राजनीतिक काँचुली मात्रैले समृद्धि सम्भव नभएकोले आर्थिक र सामाजिक काँचुली फेर्न बांकी नै भएकोले तेसको लागि सबैले साथ् दिनुपर्ने बताएका थिए । भर्खरै मात्र सम्पन्न गैर आवासीय नेपाली संघ बेलायतको निर्वाचनबाट विजयी भएका नवनिर्वाचित अध्यक्ष श्रीमती पुनम गुरुंगसहितको कार्यसमितिका सदस्य, पदाधिकारी तथा आइसीसी सदस्यहरुलाई सम्मान गरिएको थियो । दूतावासद्वारा पहिलोपल्ट एनआरएनए बेलायतका प्रर्तिनिधिहरुलाई यसरि सम्मान तथा स्वागत गरिएको हो । नेपाल सरकारद्वारा आधिकारिक रुपमा पहिचान गरि नेपाल र नेपालीको हकहितको लागि दूतावाससँग हातेमालो गर्दै एक नेपाली समाजको रुपमा सहकार्य गर्दै अगाडी बढ्न दुतावासको तर्फबाट ढोका खुल्ला भएको जानकारी गराउने उद्देश्यले एनआरएन बेलायतका नवनिर्वाचित कमिटीलाई सम्मान गरिएको दूतावसले बताएको छ । सफल कार्यकालको शुभकामना सहित राजदूत सुवेदीले उपस्थित सबै नवनिर्वाचित कार्यसमितिका सदस्य, पदाधिकारी तथा आइसीसी सदस्यहरुलाई सम्मानस्वरूप खादा लगाइदिएका थिए ।
दूतावासका उपनियोग प्रमुख शरदराज आरणद्वारा संचालन गरिएको उक्त कार्यक्रममा कोसेली संस्कृतिक परिवारले विभिन्न रोचक सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति पस्केको थियो । स-साना बालबालिकाहरुद्वारा प्रस्तुत नृत्य निकै नै आकर्षक थियो । कार्यक्रमा उपस्थित सम्पूर्णको लागि दशैंको उपलक्ष्यमा दिवाभोजको समेत आयोजना गरिएको थियो । इन्द्रेणी कार्यक्रमकी गायिका लोक तथा दोहोरी गायिका खिमा रोका मगरले विभिन्न सुमधुर सांगीतिक धुन पस्केर मनोरंजन दिलाएकी थिइन् । मदन थापा, बसन्त रायक्षेत्री, ओजेश सिंह र सुश्रुत तिमिल्सिनाले मालश्री धुन प्रस्तुत गरेका थिए । बाल कलाकारहरु जुनी लामिछाने, कृती थापा, प्रिशा पाठक,सुश्रुत, रेभा सिंह र युस्लिना राजभण्डारीले पंच कुमारीमा नृत्य गरेका थिए । तिमीलाई शुभकामना बोलको गीतमा अभिदा न्यौपाने, आदिती श्रेष्ठ,आकृति घिमिरे, यमी शर्मा, दिया बिक, निश्चल दाहाल, नित्या भट्ट, रसिका गिरि र रोजिसा भण्डारीले नृत्य गरेका थिए ।तेस्तैगरी गाउँछ गीत नेपालीमा सौर्या थापा, अनुज बानिया, आरुष सिंह, मरिनल सापकोटा, निषाद सिंह, प्रम्शु पाठक,रिया शाक्य र संजीवनी थापाले नृत्य देखाएका थिए । गायक राज संघले जहाँ छन् बुद्धका आँखा बोलको गीत प्रस्तुत गरेका थिए भने सर्मिला सिंह र निश्चल दाहालले लुकु लुकु लाग्यो बोलको गीत प्रस्तुत गरेका थिए । कथाले मागेपछि बोलको गीतमा सुश्रुत तिमिल्सिनाले स्वर दिएका थिए भने अमृत गुरुंगले सेलो भाकाको गीत प्रस्तुत गरेर मनोरंजन दिलाएका थिए ।

बालबालिकाद्वारा प्रस्तुत नृत्यहरु

नेपाली दूतावासको दशैं कार्यक्रममा बालबालिकाको बेजोड प्रस्तुति

नेपाली दूतावास लण्डनले “ विजयादशमी, दीपावली, म्हपूजा, नेपालसम्बत, छठ, जितिया, उधौली, ल्होसार र माघी “ लगायत नेपालका महान संस्कृतिक पर्वहरुका शुभ अवसरमा शुभकामना आदान प्रदान गर्नको लागि एक विशेष समारोहको आयोजना गरेको थियो ।

Posted by Gurkha Online Radio on Sunday, October 6, 2019

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1