नेपाली दूतावास लन्डनको घुम्ती टोली स्वीन्डनमा

गोर्खा अनलाइन रेडियो यूके,
स्वीन्डन । नेपाली दूतावास लण्डनले सर्वसाधारणको सुविधाको लागि घुम्ती सेवा सुरु गरेको छ । भिजा, एनआरएनए कार्ड र हस्तलिखीत पासपोर्ट रिप्लेस्मेन्ट, कागजता प्रमाणीकरण लगायतका सुविधा दिने उदेश्यले दुतावासले बिहीवार देखी आफ्नो सेवा विस्तार गरेको हो ।

दूतावासले नेपाली समुदायतको बाक्लो उपस्थिती रहेको विल्सायर स्थित स्वीन्डनमा आफ्नो सेवा दिएको छ । लण्डनस्थित नेपाली दूतावासका तृतीय सचीव तेजेन्द्र रेग्मीको नेतृत्वमा पुगेको टोलीले नेपाली एसोसियसन वील्सायरका अध्यक्ष लाल श्रीसको सकृयतामा झन्डै ४ सय जना नेपालीलाई सरकारी सेवा प्रदान गरेको क्षेत्री समाज वेलायतका अध्यक्ष राजन क्षेत्रीले जानकारी दिए ।

क्षेत्रीले दुतावासको सेवाले नेपाली समुदायमा खुसियाली छाएको बताए । बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदीले आफ्नो जिम्मेवारी सम्हाले पश्चात दूतावासले सेवाग्रहीहरुका समस्यालाई मध्यनजर राख्दै विभिन्न सेवामुलक काम गर्दै आएको छ । दूताबासले कार्यालयको सेवा सुविधामा परिवर्तन देखि लिएर सर्वासाधारणको हितको लागि विभिन्न काममा सहजता अपनाउदै आएको छ ।

दूतावासको सकृयताले सेवाग्राहीका गुनासोमा समेत कमी भएको छ । समयाभाव लगायत विभिन्न कारणले दूतावास पुग्ने समस्याबाट मुक्त हुन पाएकोमा स्थानीयवासीहरुले खुसि व्यक्त गरेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित