क्यान्सर पिडित बालबालिकाको सहयोगार्थ दौडिदै जगन

गोर्खा अनलाइन रेडियो यूके,
लण्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाका सचिव तथा साउथ एसिया टाइमका सम्पादक जगन कार्की आगामी १३ अक्टुबरका दिन क्यान्सर पिडित बालबालिकाको सहयोगार्थ हाल्फ़ म्याराथुन दौडिने भएका छन् । बिश्वमा प्रत्यक बर्ष ३ लाख बालबालिका क्यान्सर रोगले ग्रस्त हुने गरेको र उपचार पछि बिकसित देशका ८० प्रतिशत बालबालिकाहरु बाच्ने गरेको तर गरिव राष्ट्रहरुमा जम्मा १० % मात्र बाँच्ने सम्भावना रहने गरेको अवस्थामा समय मै रोगको पहिचान हुन सके बाँच्ने सम्भावना धेरै हुने त्यसका लागि वर्ल्ड चाइल्ड क्यान्सरले बिश्वका गरिव देशमा भूमिका खेलेको भन्दै आफू पनि सहयोगको लागि जुटेको कार्कीले बताएका छन् ।

च्यारिटीका साथै जनमानसमा स्वास्थ्य चेतना फैल्याउनु पनि उनको लक्ष्य रहेकोछ । कार्कीले लन्डनको प्रसिद्ध रोयल पार्क लगायतका विभिन्न पार्कहरुको परिक्रमा गर्दै अन्तरास्ट्रिय संस्था वर्ल्ड चाइल्ड क्यान्सर नामक संस्थाको सहयोगार्थ दौडन लागेका हुन् ।
बेलायतमा हुने नियमित पार्क रनमा गत महिना ५० औं माइल स्टोन पुरा गरेका कार्कीले केहि महिना अघि च्यारिटी बिरुद्धको जनचेतना फैलाउदै भिजिट नेपाल २०२०को ब्यानर सहित लन्डनको प्रसिद्ध भर्जिन १० के रन पुरा गरेका थिए ।
हृदय घात , मोटोपन , सुगर लगायत समस्या नेपालीहरुमा अत्याधिक देखिएकोले यसबाट बच्न रोग लाग्न भन्दा अघि नै बचावटतर्फ ध्यान दिन पनि उनले आग्रह गरेका छन् ।

स्वास्थ्य र तन्दुरुस्तीका लागि नियमित दौडिन र हरेक शनिवार नजिकैका पार्कमा हुने पार्क रनमा सहभागी हुन वा नेपालमा पायक स्थानमा गएर कम्तिमा ३० मिनेट दौडने नसके हिड्ने वा अन्य शारीरिक ब्यायाममा लग्न आफ्नो दौडमार्फत सन्देश दिन खोजेका छन् । सानो भन्दा सानो सहयोग १ पाउण्ड देखि २५ पाउण्ड सम्म जति सकेको सहयोग गरेर वर्ल्ड चाइल्ड क्यान्सरलाई सहयोग गर्ने उनको अभियानमा सहयोग गरिदिन बेलायतबासि सबैमा अनुरोध गरेका छन् ।
सहयोगको लागि यहाँ क्लिक गर्नुहोला

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित