गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, बेलायतको सबैभन्दा पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेले गत आइतबार साँझ साउथ हयारोस्थित हयारो बरो फुटबल क्लबमा दशैं तिहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष एवं वरिष्ठ समाजसेवी ध्रुव केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा एनआरएनए केन्द्रिय महासचिव डा. बद्री केसी रहेका थिए ।
कार्यक्रममा वरिष्ठ समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ), एनआरएनए केन्द्रिय महासचिव डा. बद्री केसी र संस्थाका अध्यक्ष ध्रुव केसीले संयुक्त रुपमा पानसमा बती बालेर उद्घाटन गरिएको थियो । डा केसी आफ्नो निजि भ्रमणको शिलसिलामा बेलायत आएका थिए । कार्यक्रममा शुभकामना आदान प्रदानका साथै नेपालका राष्ट्रिय कलाकारहरुद्वारा विभिन्न खालका गीतसंगीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
संस्थाका महासचिव डा. मुकुन्द बास्तोलाद्वारा संचालित सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बाचस्पति रेग्मीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । खेलकुद सचिव ह्यारी गुरुंगले हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी दिलाएका थिए ।समारोहमा प्रमुख अतिथी केसी, डा. धिताल, एनआरएनए आइसीसी सदस्य रामशरण सिम्खडा, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनी लगायत अतिथीहरुले शुभकामना दिंदै विश्व नेपाली डायस्पोरामा यतीको महत्वबारे धारणा राखेका थिए ।
अध्यक्ष ध्रुव केसीले दशैं तिहार शुभकामना दिंदै सहभागी सबैप्रति आभार व्यक्त गरे । सांस्कृतिक सचिव माया केसीले संस्क्रिरिक कार्यक्रमको तयारीमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । बाल कलाकारद्वय दिव्या र काव्या दाहालको नृत्यले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । तेस्तै नायिका नायिका पनाह अधिकारीले पनि नृत्य प्रस्तुत गरेकी थिइन् । मदन थापाको समूहले मालश्री धुन प्रस्तुत गरेका थिए । गायक प्रसाद खप्तडी मगरको सालैजो भाकामा सबै झुमेका थिए ।
गायिका भूमिका शाहले पनि सुमधुर गीत प्रस्तुत गरेकी थिइन् । गजलकार राज सिग्देलको गजल ‘उ जितेर गइ या हारेर गइ, नतिजा आफैतिर पारेर गइ, हिजो निम्ता दिई बस्न दिलमा, आज कंडे तारले बारेर गई’ बोलको गीतमा सबैले स्वरमा स्वर मिलाएका थिए । तेस्तै सिग्देलकै’झ्यानाकुटी झ्यांई’ ले पनि सबैलाई थप उत्साह प्रदान गरेको थियो । डीजे सपन कुमार राइले आकर्षक सांगीतिक सौगात पस्केर थप मनोरंजन प्रदान गरेका थिए ।
बेलायतको पूरानो संस्थाको रुपमा परिचित यती नेपाली एसोसिएसन विगतका दिनमा निष्क्रिय रहेतापनि नयां नेतृत्वको चयन पश्चात भने सक्रिय बन्दै गएको छ । नेपाली कला संस्कृति र मौलिक परम्परालाई निरन्तरता दिंदै भावी पुस्ताहरुलाई पनि निरन्तरता दिलाउने अभिप्रायले यती नेपाली एसोसियसनले विभिन्न मौलिक एवं सांस्कृतिक कार्यक्रमहरु गर्दै लैजाने संस्थाका अध्यक्ष ध्रुव केसीले बताएका छन् । एनआरएनए केन्द्रिय महासचिव डा. बद्री केसीले शुभकामना मन्तव्य प्रस्तुत गर्दै गैरा आवासीय नेपालीहरुको हक अधिकार र त्यस सम्बन्धमा एनआरएनले खेलिरहेको भूमिकाको बारेमा उल्लेख गरेका थिए । अब चाडै नै एनआरएन हरुले नागरिकता सम्बन्धि अधिकार प्राप्त गर्ने पनि उनले बताएका छन् ।
उ जितेर गइ या हारेर गइ
एनआरएनए केन्द्रिय महासचिव डा. बद्री केसी





