शून्य छ गाउँ’ बजारमा (भिडियो)

शून्य छ गाउँ शून्य छ ठाउँ शून्य छ वस्ती यो ।
नहुँदा तिमी झन् शून्य मन सहन अति भो ।।
माथिका हरफहरु कवि तथा गीतकार घायलश्रीको भरखरै बजारमा आएको ‘शून्य छ गाउँ’ गीतका हुन् । नेपाली सुगम सङ्गीतमा राम्रो सम्भावना बोकेका गायक सिद्धार्थ परियारको आवाजमा ‘शून्य छ गाउँ’ बजारमा आएको हो ।
प्रेममा हुने वियोगान्त भावहरुलाई शब्दमा उतारिएको गीतकार घायलश्रीले बताए । यस अघिपनि गीतकारका केही गीतहरु बजारमा आईसकेका छन् भने चर्चित गजल गायक राज सिग्देलले समेत उनका गीतमा स्वर दिएका छन् । गीतकार दुई दशकदेखि नेपाली साहित्यमा निकै सक्रिय रहेका छन् ।
गीत निकै मार्मिक शब्दहरुमा सजिएको छ भने त्यसै अनुसार भिडियो दृष्यहरुले सजाइएको छ । निरज ढकालको संगीत, मरुभूमि नारायणको छायाँङ्कन, रोशन धितालको सम्पादन रहको उक्त गीतको भिडियो निर्देशन भने दिलिप रेग्मीको रहेको छ । गीतको भिडियो झझल्को डिजिटल म्युजिक प्राली मार्फत बजारमा सार्वजनिक भएको हो । अनुप केसी, आरती मगर र विपिन श्रेष्ठको अभिनयले गीतको भिडियोलाई झनै रोमाञ्चित बनाएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित