Breaking News
Home > Blog > महरामाथिको आरोपबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

महरामाथिको आरोपबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौं : सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपबारे छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ। केही समयअघि सुरु भएको बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन्।

महरामाथि उनकै सचिवालयकी एक कर्मचारीले आइतबार बलात्कारको प्रयास गरेको आरोप लगाएकी थिइन्। तर सभामुख महराले भने आरोप अस्वीकार गरेका छन्। कर्मचारी समायोजनका क्रममा अन्यत्र सरुवा भएकी महिलाले भनेअनुसार आफूले नगरिदिएपछि निराधार आरोप लगाएको महराको दाबी छ।

अन्नपूर्ण पोष्ट

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1