नरेन्द्र बस्नेत,
लन्डन, विशेषगरी हिन्दू धर्मावलम्बीहरुद्वारा परापूर्वकालदेखि मनाउदै आइएको भएतापनि समस्त नेपालीहरुको अस्तित्व बोको एक महान पर्व बडा दशैं आजबाट विधिवत रुपमा आरम्भ भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँको पहिलो दिन आज आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरियो ।
दशैंको प्रमुख आकर्षकको रुपमा विजया दशमीको दिनलाई मानिन्छ, जुन दिन आफ्ना मान्यजन र आफन्तहरुबाट निधारमा टीका र शिरमा जमरा लगाएर आशिर्वाद लिने गरिन्छ । विजया दशमीको दिन टीका ग्रहण गर्नको लागि नेपाल पंचांग निर्णायक समितिद्वारा तोकिएको समयमा अर्थात नेपाली पात्रोको आधारमा शुभ साइत पारेर टिकाको साइतको समय निर्धारण गरिएको हुन्छ । जसनुरूप वि.स. २०७६ साल अर्थात सन् २०१९ को विजया दशमीको टीकाको शुभ साइत असोज २१ गते अर्थात अक्टुबर महिनाको ८ तारिक मंगलबार बिहान ८:४५ बजेको समयलाई निर्धारण गरिएको छ ।
तर यसपटक भने विश्व ज्योतिष महासंघ अन्तरराष्ट्रिय पंचांग निर्णायक समिति डिल्लीबजार काठमाण्डौंले एक विज्ञप्ति जारी गरि विदेशमा बस्नेहरुका लागि विजया दशमीको टीकाको साइत छुट्टाछुट्टै दिनमा तोकिदिएको छ । जस अनुसार नेपाल, भारत, जापान, अष्ट्रेलियाको सिड्नी, मेलबर्न र ब्रिस्वेनमा अक्टुबर ८ तारिखका दिन र बेलायत, क्यानाडा, तथा अमेरिकाको न्यूयोर्क, केन्टुकी, टेक्सास र क्यालिफोर्नियामा अक्टुबर ७ तारिखका दिन टीका लागाउने साइत निर्धारण गरिदिएको छ ।
यस किसिमको निर्णयले विदेशमा बस्ने धेरैजसो नेपालीहरुलाई अप्ठेरो पर्न गएको छ । विदेशमा बस्ने नेपालीहरुलाई भनेको समयमा छुट्टी मिलाउन गाह्रो हुनाले महिनौं अगाडिदेखि छुट्टीको जोहो गनुपर्ने हुन्छ र धेरैले पंचांग निर्णायक समितिले तोकेको दिनलाई नै आधार मानेर दशैं मनाउने तयारी गरिसकेका छन् । अन्तरराष्ट्रिय पंचांग निर्णायक समितिले अन्तिम समयमा आएर गरेको यो निर्णय विशेषगरी ७ तारिखको दिनको टीकाको साइतलाई धेरैले स्वीकार्य नहुने बताएका छन् ।
बेलायतमा भने टिका लगाउन अक्टुबर ८ तारिखका दिनलाई नै निर्धारित गरिएको छ । विश्व हिन्दू महासंघ बेलायत च्याप्टर र पशुपतिनाथ समितिमा आवद्ध पण्डित गोबिन्द नेपालसंग यसबारेमा जिज्ञासा राख्दा उनले भने, वर्षौंदेखि पंचांग निर्णायक समितिद्वारा तोकिए अनुरुप नेपाली पात्रोको आधारमा हरेक चाडपर्व र तिथिमितिलाई आधार मानेर सम्पूर्ण कार्यहरु गरिंदै आएकोले दशैको टीकालाई मात्र आधार मानेर गरिएको परिवर्तन आफूहरुलाई सहज नहुने बताएका छन् ।
यदि परिवर्तन नै गर्ने हो भने आउदै गरेको तिहार लगायतका अन्य चाडपर्वहरुको पनि निर्धारण गरिनुपर्दछ अर्थात विदेशको लागि छुट्टै पात्रोको व्यबस्था गरिनुपर्दछ । तेस्तैगरि बलायातका अर्का एकजना पण्डित दुर्गा प्रसाद पोखरेलले पनि फेसबुकमा एक स्टाटस राख्दै भनेका छन् “बेलायतबासी को दशैको टीका ८ अक्टोबर मै हुने भएकोले अन्यथा भ्रममा नपर्नुहुन अनुरोध छ । सबैलाई नवरात्र को पूर्व सन्ध्यामा मंगलमय शुभकामना” । यसरि बेलायातवासीहरुले विजया दशामिलाई अक्टुबर ८ तारिख अर्थात असोज २१ गते मंगलबार नै मनाउने भएका छन् ।
वि.स. २०७६ तथा सन् २०१९ का चाडपर्वहरुको बारेमा विशेष जानकारी सुन्नुहोस,
[embedyt] https://www.youtube.com/watch?v=JISPkn357zM[/embedyt]





