बसभित्रै बिरामीको मृत्यु

महादेववेशी (धादिङ) : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ हुलाकडाँडामा जाम थुनिएर एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट जिल्ला गरुडा नगरपालिका–२ का ३५ वर्षीय रुपलाल साह रहेका छन् ।

जनकपुरबाट काठमाडौं जादै गरेको ना ७ ख ५३६४ नम्बरको बसको सिटमै साहको मृत्यु भएको हो । दुवै मृगौला फेल भएर गम्भीर बिरामी भएका साहको जनकपुरमा उपचार हुन नसकेपछि परिवारले थप उपचारका लागि बसमा चढाएर काठमाडौं लैजाँदै थियो ।

थाक्रे गाउँपालिका–८ चारकिलामा दुईवटा मालबाहक कन्टेनर ठक्कर खाएर राजमार्गमा अवरोध भएपछि बिरामी बोकेको उक्त बस बिहान पौने ४ बजेदेखि महादेववेशी बजारनजिकै हुलाकडाँडामा जाममा फसेको थियो ।

जाममै रहेका बेला बिस्कुट र पानी खाएका साहको अवस्था अकस्मात गम्भीर बनेपछि चालक र यात्रुहरुले एम्बुलेन्स खोज्दा खोज्दै बिहान ६ बजेतिर साहको मृत्यु भएको बसका चालक भगवान न्यौपानेले बताए ।

बसको सिटमै मृत्यु भएपछि यात्रुले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि अर्को गाडीमा रौतहटबाटै काठमाडौं जाँदै गरेका मृतकका भाइ रामबाबु साह महादेववेशी आइपुगेपछि शवको मुचुल्का गरेर प्रहरीले रौतहट पठाइदिएको छ ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित