कांग्रेस र नेकपाविरुद्ध सशक्त पार्टीको खाँचो छ : राजेन्द्र महतो

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले एकताका लागि समाजवादी पार्टीले सरकार छाडेर समान हैसियतमा आउनुपर्ने बताएका छन् ।बुधबार नेपाल पत्रकार महासंघ धनुषा शाखाको निर्माणाधिन सभाकक्षको निरीक्षण गर्न पुगेका महतोले यस्तो बताएका हुन्।

समाजवादी पार्टी सरकारमा सहभागी भएकै अवस्थामा एकता गर्न नचाहेको उनले बताए।उनले भने, ‘देशमा नेपाली कांग्रेस र नेकपाविरुद्ध एक सशक्त वैकल्पिक पार्टीको खाँचो छ।’

जनताको चाहना राजपा र समाजवादी पार्टीको एकता रहेको र यसका लागि नेतृत्व तह पनि सकारात्मक रहेको उनले बताए।उनले भने, ‘सत्तामा भएसम्म एकता सम्भव हुँदैन। समानताका आधारमा मात्र पार्टी एकीकरण हुन्छ।’

धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका निर्वाचित सांसद महतोले संसदीय कोषबाट महासंघ धनुषा शाखालाई सभाकक्ष निर्माणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित