विगतका वर्षमा भन्दा यो वर्ष सुरक्षा व्यवस्था कडा बनाउने गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले दशैं, तिहार र छठजस्ता चाडपर्वमा विगतका वर्षहरुमा भन्दा पनि शान्ति, सुरक्षाको अवस्था सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

गृहमन्त्री थापाले जनताको सबैभन्दा बढि आवातजावत हुने समय भएकाले दशैं, तिहार जस्ता चाडपर्वलाई ध्यानमा राखेर सरकारले असोज र कार्तिक २ महिनाका लागि विशेष सुरक्षा योजना नै तय गरिएको पनि जानकारी दिए।

सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सर्वसाधारणको यात्रा सुरक्षित बनाउन तथा शान्ति सुरक्षा कायम गर्न सरकारले आवश्यक तयारी गरिरहेको बताए। उनले चाडपर्वमा हुने महिला हिंसा नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको जनाए।

गृहमन्त्री थापाले सुरक्षित यात्राका लागि राजमार्गहरुमै सहायता कक्षको स्थापना, बस टिकटमा कालोबजारी र कृतिम अभाव हुन नदिन तथा सडक दुर्घटना भइहालेमा तत्काल मेडिकल टिमको परिचालन गर्ने योजना तय गरिएको समितिलाई जानकारी दिए।

त्यसैगरी सरकारले भारतबाट दशैं मान्न घर फर्किएका नागरिकहरुको सहयताका लागि सीमा क्षेत्रमा पनि नागरिक सहायता कक्ष स्थापना गर्न लागिएको जनाएको छ।

बैठकमा गृहसचिव प्रेमकुमार राईले २ हजार, १ हजार र ५ सय दरका भारतीय नोट नचल्ने भएकाले त्यसलाई नलिन पनि सबै नागरिकलाई सचेत गराएका थिए।

नेपालमा प्रतिबन्ध लगाइएकाले ती भारतीय नोट प्रयोगमा नआउने हुनाले त्यस्ता नोट नलिन नागरिकलाई सचेत रहन सचिव राईको आग्रह छ।

बैठकमा समितिका सदस्यहरुले दशैंको टिकट बुकिङको कामलाई व्यवस्थित बनाउन पनि सरकारलाई सचेत गराएका थिए। समितिका सदस्य दिलेन्द्रप्रसाद बडुले वृद्ध, असक्त नागरिकहरुलाई दशैंको टिकट लिन छुट्टै लाईनको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए।

समितिका अर्का सदस्य महेश्वरजंग गहतराज अथकले चाडबाडका बेला अपराधिक घटना बढने हुनाले त्यस्ता घटना हुन नदिने गरी आवश्यक सुरक्षाको योजना बनाउन सरकारसँग माग गरे।

उनले सुरक्षाकर्मीहरुको पनि सक्रियतामा वृद्धि गरेर नागरिकलाई ढुक्कसँग दसैं, तिहार मनाउने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए। समितिका सदस्यहरुले दशैंमा सवारी साधनको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित