गोर्खा अनलाइन रेडियो यूके,

लन्डन । चौंथो संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर गत शुक्रबार लन्डनस्थित नेपाली दूतावासमा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरु, बेलायती सांसद, विदेशी कुटनीतिज्ञ, राजदूत, मेयर, काउन्सिलर, उद्योगी व्यापारी, समाजसेवी लगायतको बाक्लो जमघट रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी तथा अतिथीलाई ब्रिगेड अफ गोर्खाजको धुनले स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी ब्रिटिश सांसद तथा सर्वदलीय संसदीय समूह, नेपालका अध्यक्ष बीरेन्द्र शर्माले दुई देशबीचको सम्बन्धको चर्चा गर्दै हालैमात्र नेपालका प्रधानमन्त्री केपी ओलीको भ्रमणको चर्चा गर्दै उक्त भ्रमणले सम्बन्ध अझ प्रगाढ भएको बताए । तेस्तै अर्का अतिथी फरेन कमनवेल्थ अफिस (एफसीओ) का दक्षिण एसिया निर्देशक ग्यारेथ बेलीले संविधान दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै राजदूत सुवेदीले गरेको कार्यको प्रशंसा गरेका थिए ।
बेलायत नेपालबीचको सम्बन्धलाइ अझ बढी मजबुत बनाउन राजदूत सुवेदीले महत्वपूर्ण भूमिका निभाएको उनको धारणा थियो । नेपाल भ्रमण वर्ष २०२० ले विश्वभरिका पर्यटकहरुलाई आकर्षण गर्न सफल हुने बताउंदै आफूले गरेको नेपाल भ्रमणको पनि स्मरण गरेका थिए । अतिथीहरुको स्वागत गर्दै राजदूत डा. दुर्गाबहादुर सुवेदीले राष्ट्रिय दिवसको सुखद अवसरमा संयुक्त अधिराज्य माल्टा र आइर्ल्यांडवासी सम्पूर्ण नेपालीहरुको तर्फबाट मंगलमय शुभकामना व्यक्त गर्दै लोकतन्त्र बहालीका क्रममा जिवन गुमाउनेहरुप्रती श्रद्दान्जली अर्पण गरेका थिए ।
संघिय लोकतान्त्रिक गणतन्त्रको उज्यालोमा राजनैतिक स्थायित्व, आर्थिक विकास र सामाजिक रुपान्तर सहित सम्वृद्ध नेपाल र सुखी नेपालीको महान लक्ष्य हाँसिल गर्ने अभियानमा सहभागी हुन सबैलाई अनुरोध गरेका थिए । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैले अनुरोध गर्दै नेपाल शान्त, सुरक्षित र उत्कृष्ट होलिडे गन्तव्य रहेको बताएका थिए । सोहि क्रममा राजदूत सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पठाइएको शन्देश पनि पढेर सुनाएका थिए । दूतावासका उपनियोग प्रमुख शरदराज आरनद्वारा संचालित उक्त कार्यक्रममा विभिन्न किसिमका नेपाली नाचगानहरु प्रस्तुत गरिएका थिए ।
राष्ट्रपति र प्रधानमन्त्रीको शन्देश प्रस्तुत गर्दै राजदूत डा दुर्गाबहादुर सुवेदी ।
[embedyt] https://www.youtube.com/watch?v=qfkDomnSzr0[/embedyt]





