बेनी– म्याग्दीको बेनी नगरपालिका- २ बगरपाँट स्थित कोटखोलामा आएको बाढीले बगाउँदा स्थानीय दुई बलिका बेपत्ता भएकी छिन् । गयराती अविरल बर्षाका कारण कोट खोलामा आएको बाढीले बगाउँदा बगरपाँटीकी पार्वती परियारकी ९ बर्षिया छोरी प्रबिना परियार र अनिता परियारकी ६ बर्षिया छोरी अनुस्का परियार बेपत्ता भएकी हुन् । बेपत्ता दुई बालिकाको खोजी कार्य जारी रहेको प्रहरी विट मंगलघाटका प्रहरी हवल्दार सुरेशलाल नगरकोटीले जानकारी दिए । राती करिब ११ ः१५ बजेको समयमा कोटखोलामा बाढी आएको खबर थाहा पाएपछि प्रहरी उद्धारमा खटिएको थियो । बाढी आएपछि भाग्ना खोज्दा दुई बालिकालाई बाढीले बगाएको हुन सक्ने स्थानीयको भनाई छ । रातको समय भएकाले उद्धारमा समस्या भएको थियो । पार्वती परियार र अनिता परियार स्थानीय अम्बिक श्रेष्ठको जग्गा भाडा लिएर घर बनाएर बस्दै आएका थिए । गयराती करिब ११ ः१५ बजेको समयमा बस्तीमा बाढी पसेको स्थानीय बाढी पिडित रश्मी दमाइले वताए । सुतिरहेको अवस्थामा राती अचनाक बाढी आएपछि हामी भागेर बाच्न सफल भयौं दमाइले भने । बर्षा संगै आएको बाढीले बगरफाटँमा रहेको बुद्ध एकेडेमी बोर्डिङ स्कुल संगै स्थानीय रेशम जुग्जाली ,अनिता परियारी र पार्वती परियारको घरमा पुर्ण रुपमा क्षती पु¥याएको छ । पार्वती परियार ,अनिता परियार र रेशम जुग्जालीको घर पुर्ण रुपमा पुरिएको छ भने सुकुम्बासी रश्मी परियार, माया परियार र सेते किसानको घरमा आंशिक क्षती पु¥याएको छ ।
जनमञ्च













