पाल्पा : जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सत्यवतीबाट केलाटारतर्फ जाँदै गरेको गा २ च २७१७ नम्बरको जिप छहरा गाउँपालिकाको ६ अरखोरमा दुर्घटना भएको हो । दुर्घटनामा गाउँपालिका ८ सत्यवतीका ५० वर्षीय झैबहादुर रेश्मीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक कृष्णराज सापकोटाका अनुसार उनको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लाने क्रममा मृत्यु भएको हो ।
जिपमा सवार दुईजना सकुशल छन् । जिप अनियन्त्रित भएर सडकदेखि ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
अन्नपूर्ण पोष्ट





