पाल्पामा जिप दुर्घटना : एकको मृत्यु

पाल्पा : जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सत्यवतीबाट केलाटारतर्फ जाँदै गरेको गा २ च २७१७ नम्बरको जिप छहरा गाउँपालिकाको ६ अरखोरमा दुर्घटना भएको हो । दुर्घटनामा गाउँपालिका ८ सत्यवतीका ५० वर्षीय झैबहादुर रेश्मीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक कृष्णराज सापकोटाका अनुसार उनको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लाने क्रममा मृत्यु भएको हो ।

जिपमा सवार दुईजना सकुशल छन् । जिप अनियन्त्रित भएर सडकदेखि ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित