जनताले ल्याएको संविधान भन्दामाथि कोही पनि छैनः पूर्वसभामुख नेम्वाङ

इलाम । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधानसभाबाट निर्माण भएको संविधान भन्दामाथि कोही नभएको बताएका छन् । शनिबार यहाँ आयोजित ‘इलाम साहित्य महोत्सव’को कार्यक्रममा नेम्बाङले वर्तमान सरकारमाथि औँला उठाउनु आवश्यक नभएको बताउँदै संविधानभन्दा माथि गएर सरकारले कुनै काम नगर्ने बताए ।

उनले विगतका संविधानसँग दाजेर संविधानसभाबाट निर्माण भएको संविधानलाई अवमूल्यन गर्न खोजेको भन्दै संविधानभन्दा बाहिर गएर कसैले केही गरे त्यो स्वीकार नहुने उल्लेख गरे । “अब नेपाली जनताले अधिकारका लागि लड्नु पर्दैन”, नेम्वाङले भने, “सबै अधिकार हाम्रो संविधानले दिइसकेको छ, सबैका भावना समेटिएको छ।”

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपनेतासमेत रहेका नेम्वाङले सरकारले जनताको भावनाविपरीत कुनै काम नगर्ने भन्दै त्यसबारेमा सबैले बुझ्न आवश्यक रहेको उल्लेख गरे । संविधानको प्रस्तावनामा नै जनताले निर्माण गरेको ‘बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलक’ लेखिएकाले पनि सबैको पहिचानलाई अपनत्व गरेको बुझ्नुपर्ने नेम्वाङले स्पष्ट पारे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले इलामको साहित्यिक महोत्सवमा ‘के गणतन्त्र खतरामा छ ?’ भन्ने शीर्षकमाथि बहस गर्दै उनले राष्ट्र र राष्ट्रियताका विषयमा सत्तापक्ष र विपक्ष भन्न नमिल्ने बताए । उनले नेपालमा गणतन्त्रमाथि खतरा भएको बताउँदै वर्तमान सरकारले अनावश्यक आशङ्का गरेको बताए ।

उनले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसक्नाले गणतन्त्रको विषय प्रवेश गरेर ‘पानीमाथिको ओभानो’ हुन खोजेको शर्माले आरोप लगाए। शर्माले काङ्ग्रेस धर्मनिरपेक्षता र गणतन्त्र ल्याउन लडेको पार्टी भएकाले यसमाथि काङ्ग्रेस कटिबद्ध रहेको बताए ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित