गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । एनआरएन यूकेको निर्वाचनमा केहि स्थानका विवादका भएका कारण निर्वाचन सम्पन्न भएको करिब एक हप्तापछि मतगणना कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन समितिद्वारा औपचारिक घोषणा हुन् बाँकी नै भएपनि मत गणनाको परिणाम अनुसार अध्यक्ष पदमा पुनम गुरुङ विजयी भएकी छन् । मतगणनाको शुरुको अवस्थादेखि नै अग्रता कायम गर्दै आएका प्रतिस्पर्धी शेर बहादुर सुनारलाई २ सय ३ मतको अन्तरले हराउँदै पुनम गुरुंगले डेढ दशक लामो इतिहासमै एनआरएन यूकेको पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छन् ।
आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्ष निर्वाचित पुनमले ४५५१ मत प्राप्त गरेकी छन् भने सुनारले ४३४८ मत पाएका छन् । उपाध्यक्षमा प्रेम गाहा ३५५९ र सुनिलबाबु खड्का २७५७ मत ल्याएर विजयी बनेका छन् । महिला उपाध्यक्षमा रोजिना प्रधान राईले ४४४४ मतसहित जितेकी छन् । स्कटल्यान्डबाट केन्द्रीय उपाध्यक्षमा मोहन कार्कीले जितेका छन् ।
महासचिवमा फडिन्द्र भट्टराई ३९७५ मत प्राप्त गरी विजयी बने । सचिवमा जित रानाभाट ३२०९ र कोशलेश्वर ढकाल ३२१३ मत ल्याएर निर्वाचित भए । महिला सचिवमा रन्जिता मल्ल ४४९६, कोषाध्यक्षमा तेजेन्द्र रोका ३५८७ र सहकोषाध्यक्षमा सलुन्तला गुरुङ ३९३६ मतसहित विजयी बने । युवा संयोजकमा नविन गुरुङ ४३६८, र महिला संयोजकमा प्रसुना कंडेलले ३३८५ मतसहित जितेका छन् ।
सदस्यमा सरस्वती केसी ४०९३, अमृता गिरी ३८४०, गोमा पौडेल ३८३०, प्रकाश कंडेल ३३९९ , कोपिला वनेम ३२६०, लालबहादुर गुरुङ ३०३४३, कृष्णप्रसाद खरेल २८२९, डा सुनिलकुमार शाह ३०९३, हेमबहादुर लिम्बु ३२१९ , चन्द्रकला लिम्बू ३२१० , तारामैया गुरुङ २९५७, ज्ञानेन्द्र आले मगर २६६६ मत ल्याएर विजयी बनेका छन ।
आइसिसी सदस्यमा लिलादेवी गुरुङ, सुशिला राई, योगकुमार फगामी , दयानिधि सापकोटा, ललित न्यौपाने, अर्कराज तिम्सिना र सुरोज मास्के निर्वाचित भए । इङ्ल्यान्ड राज्य परिषद् अध्यक्षमा दिपक श्रेष्ठ निर्वाचित भए । प्रतिस्पर्धी भिम सारुको २९०५ विरुद्ध श्रेष्ठले ३१२० प्राप्त गरे ।
उपाध्यक्षमा लालबहादुर गुरुङ ३६ ३७ मतसहित विजयी बने । सचिवमा गोबिन्द शर्मा खरेल २९५६ ल्याएर निर्वाचित बने । कोषाध्यक्षमा ध्रुवहरि बास्कोटा २७०७, सहकोषाध्यक्षमा चन्दन गुरुङ ३७६० मत प्राप्त गरी जिते । सदस्यमा वन्दना केसी ४६४२, मोहन ओली ३५५४, प्रकाश न्यौपाने २९३४ र सिताकुमारी पन्त ३८२२ मतसहित विजयी भए । निर्वाचित हुनेमध्ये अधिकांश अध्यक्ष निर्वाचित पुनम समुहका उम्मेद्वार छन् ।
निर्वाचन समितिले आइतबार गरिने घोषणासभामार्फत निर्वाचनको औपचारिक परिणाम सार्वजनिक गर्ने बताएको छ ।





