एनआरएन यूकेको मतगणना तीव्र, अध्यक्षमा शेर, महासचिवमा फडिन्द्रको लोभलाग्दो अग्रता

गोर्खा अनलाइन रेडियो यूके
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको मतगणना तीव्र रुपमा अगाडि बढेको छ । बिहीबार दिउसोबाट शुरु गणना सांझ ७.३० बजेसम्म आइपुग्दा करिब हजार मत गनिएको निर्वाचन समितिले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त मेजर रिटायर्ड डमर घलेले ११ प्रतिशत मत गणना भइसकेको जनाए ।

प्रारम्भिक गणनामा अध्यक्षका प्रत्यासी शेर सुनारको अग्रता रहेको अनौपचारिक जानकारी प्राप्त भएको छ । तर, उनकी प्रत्यासी पुनम गुरुङले सुनारलाई पछ्याइरहेकी छन् ।

१३ मतदान केन्द्र मध्य ६ वटाको मात्र मतगणना सुरु भएको समितिले जनाएको छ । अहिलेसम्म महासचिवमा फडिन्द्र भट्टराईले अग्रता लिएका छन् भने आइसीसी सदस्यमा योगकुमार फगामी, सुशिला राई, दयानिधि सापकोटा, ललित न्यौपाने र लिलादेवी गुरुङ अगाडि छन् । उपाध्यक्षमा पशुपति पोखरेल र प्रेम गाहामगरको अग्रता छ । महिला संयोजकमा प्रसुना कंडेलले लिड गरेकी छन् भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई अगाडि छन् ।

गत १४ सेप्टेम्बर शनिबार भएको मतदानमा कुल ९ हजार २ सय ५३ मत (६८ प्रतिशत) खसेको थियो । यसपटक १ ३ हजार ६२९ मतदाता योग्य थिए ।
निर्वाचन समितिले अर्काे अपडेट २५ प्रतिशत, ५० प्रतिशत, ७५ प्रतिशत र शतप्रति मत गनेपछि दिने जनाएको छ ।

उम्मेदवारहरु नतिजाको व्यग्र प्रतिक्षामा हलमै वरपर छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित