गोर्खा अनलाइन रेडियो यूके
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको मतगणना तीव्र रुपमा अगाडि बढेको छ । बिहीबार दिउसोबाट शुरु गणना सांझ ७.३० बजेसम्म आइपुग्दा करिब हजार मत गनिएको निर्वाचन समितिले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त मेजर रिटायर्ड डमर घलेले ११ प्रतिशत मत गणना भइसकेको जनाए ।
प्रारम्भिक गणनामा अध्यक्षका प्रत्यासी शेर सुनारको अग्रता रहेको अनौपचारिक जानकारी प्राप्त भएको छ । तर, उनकी प्रत्यासी पुनम गुरुङले सुनारलाई पछ्याइरहेकी छन् ।
१३ मतदान केन्द्र मध्य ६ वटाको मात्र मतगणना सुरु भएको समितिले जनाएको छ । अहिलेसम्म महासचिवमा फडिन्द्र भट्टराईले अग्रता लिएका छन् भने आइसीसी सदस्यमा योगकुमार फगामी, सुशिला राई, दयानिधि सापकोटा, ललित न्यौपाने र लिलादेवी गुरुङ अगाडि छन् । उपाध्यक्षमा पशुपति पोखरेल र प्रेम गाहामगरको अग्रता छ । महिला संयोजकमा प्रसुना कंडेलले लिड गरेकी छन् भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई अगाडि छन् ।
गत १४ सेप्टेम्बर शनिबार भएको मतदानमा कुल ९ हजार २ सय ५३ मत (६८ प्रतिशत) खसेको थियो । यसपटक १ ३ हजार ६२९ मतदाता योग्य थिए ।
निर्वाचन समितिले अर्काे अपडेट २५ प्रतिशत, ५० प्रतिशत, ७५ प्रतिशत र शतप्रति मत गनेपछि दिने जनाएको छ ।
उम्मेदवारहरु नतिजाको व्यग्र प्रतिक्षामा हलमै वरपर छन् ।





