गोर्खा अनलाइन रेडियो यूके
लण्डन । यहि सेप्टेम्बर १४ तारिखका दिन सम्पन्न एनआरएन यूके निर्वाचनको मतगणना विवादका कारण रोकिएको भए पनि आज बिहानबाट मतगणना शुरु गर्ने सहमति भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को पत्रलाई सम्मान गर्दै अध्यक्षका प्रत्यासी शेर सुनार र पुनम गुरुङ समूहको बैठकले मतगणना गर्ने सहमति गरेको हो ।
फानवरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा दुवै पक्षका प्रतिनिधी सहितको सहमतिले उक्त कुराको टुंगो लगाएको थियो । सहमतिको लागि विहान १ बजे सम्म बसेको बैठकमा अध्यक्षका प्रत्यासी शेर सुनार, पुनम गुरुङ, उपाध्यक्ष कुल आचार्य, एनआरएन युकेका पूर्वअध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री, निर्वाचन आयुक्त डमर घले, पत्रकारद्धय फडिन्द्र भट्टराई, भगिरथ योगि सहितको उपस्थिती थियो ।
यस्तै बैठकमा सहकोषाध्यक्ष सोम सापकोटा, सल्लाहकारद्धय डा. हेमराज शर्मा (कन्फ्रेन्स्) र सुरेन्द्र श्रेष्ठको उपस्थिती थियो । सहमति पछि पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका प्रत्यासीहरु गुरुङ र सुनारले मतगणनामा जान सहमति भएको बताए । केहि स्थानका मतदान केन्द्रमा विवाद भएपछी उक्त विवादित स्थानहरुको बारेमा एक छानबिन समितिले टुंगो लगाउने बताइएको छ ।





