Breaking News
Home > Blog > ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक’ पारित

‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक’ पारित

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौं । राष्ट्रियसभाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई सर्वसम्मति पारित गरेको छ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकले विधेयकलाई संसोधन सहित पारित गरेको हो ।

सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मति जनाएको थियो।

यसअघि विधेयकमाथि १३ जना सांसदहरुले संयुक्त रुपमा दर्ता गराएको संसोधन प्रस्तावमा संयुक्त संशोधनकर्ताहरुको तर्फबाट सांसद ठगेन्द्र प्रकाश पुरीले दफा ३६ बाहेकका अन्य प्रस्ताव फिर्ता लिएका थिए। त्यसैगरी अर्का संसोधन कर्ता सांसद रामप्रित पासवानले पनि आफ्नो संशोधन प्रस्ताव पनि फिर्ता लिएका थिए।
डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1