नेकपा प्रदेश कार्यालय इटहरीमा ताला

इटहरी : नेकपा इटहरी नगरको गुट विवाद छताछुल्ल भएको छ। नगर कमिटी गठनलाई लिएर असन्तुष्ट समूहले मंगलबार इटहरीस्थित प्रदेश कार्यालय तालाबन्दी गरेपछि विवाद छताछुल्ल भएको हो। मंगलबार नेकपा युवा नेताको समूहले तालाबन्दी गरेको हो।

झण्डै तीन साताअघि पनि सोही समूहले इटहरी नगर पार्टी कार्यालय तालाबन्दी गरेको थियो। ताला लागेपछि विवाद समाधान गर्न पटकपटक छलफल भएपनि सहमति जुटेको छैन।

पार्टीको विधान मिचेर बनाइएको नगरसमिती नमान्ने भन्दै एक समूहले संशोधनको माग गरेको छ। लामो समय खोटाङमा राजनीति गरेर केही वर्षअघि इटहरी आएका काशीनाथ दंगाललाई नगर कमिटी सचिव बनाएको भन्दै नेकपाको एउटा समूह असन्तुष्ट बनेको हो। दंगाललाई नेकपा नेता भीम आचार्यको निर्देशनमा नगर सचिवको आरोप उक्त समूहको छ।

विरोधमा उत्रिएका पर्वएमाले वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र गौतमले स्थानीय र पार्टीमा लामो समय योगदान गरेकालाई पहिलो प्राथमिकता दिनुपर्ने र पार्टीको विधानअनुसार युवासमेतलाई उचित प्रतिनिधित्व दिँदै कमिटी संशोधन गर्नुपर्ने माग गरे।

आन्दोलनलाई सामान्य नसम्झन उनले चेतावनी दिए। गौतमको समूहलाई नेकपाका जिल्ला तथा प्रदेश तहका नेतालेसमेत सहयोग गरेका छन्। पूर्वएमालेले लामो समय एकछत्र चुनाव जितेको इटहरीमा पछिल्लो समय गुट विवादले उत्कर्ष रुप लिन थालेको छ। गत स्थानीय तहको निर्वाचनमासमेत नेकपाभित्रको विवादकै कारण एमालेले २० मध्ये १२ वडामा नेतृत्व गुमाएको थियो।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित