समीक्षामा प्रदेश कार्यालयको आलोचना

बागलुङ – स्थानीय तहहरुको बार्षिक समीक्षा कार्यक्रममा बिषयगत कार्यालयले आफ्नो कार्यक्रमहरु प्रस्तुत गर्दा प्रदेशका कार्यक्रमको आलोचना गरेका छन् । सोमबार गरेको प्रस्तुतीकरणमा कार्यक्रम र प्रगती प्रस्तुत गरिरहंदा स्थानीय तहका प्रमुखहरुले धेरै कामप्रति असन्तुष्टी जनाएका हुन् । उनीहरुले लगानी आफ्नो तहले गरेर जस भने बिषयगत कार्यालयले लिन खोजेको आरोप लगाए । त्यस्तै उनीहरुले पूर्वाधार निर्माणतर्फ काम अलपत्र पर्ने गरेको टिप्प्णी गरे । ‘एक बर्ष बजेट पारेर काम थालेपछि अलपत्र पारिएको छ, त्यसपछि पहिरो खस्ने, स्थानीय बासिन्दाको घरखेत जोखिममा पर्ने गरेको छ’ निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले भने, ‘केन्द्रको बजेट आउँदैन, स्थानीयले राख्न पाईदैन, जनताको गुनासो जति हामीले बुझ्नुपर्छ ।’ कुन वडामा कसले आएर काम गरेको छ भन्ने सूचना स्थानीय तहलाई दिइएको छैन ।

कार्यक्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले प्रदेशका मन्त्रालयले गाउँ आउने बजेटलाई हिनामिना गरेको आरोप लगाए । चालु बर्षकालागि रिजालचोक देखि ताराखोला पुग्ने लगायतका सडकको बजेट रकमान्तरण गरेर अन्यत्रै लगिएको बताए । ‘पहिला बजेट आयो, कार्यान्वयनको अवस्था आउँदा बजेट अन्यत्रै पठाईयो’ घर्तीले भने, ‘चालु बर्ष २१ करोड ८० लाख रुपैयाँमा २२ वटा सडक बनाउने भनिएकोमा कता लगियो ?’ प्रदेश मन्त्रालयको पूर्वाधार कार्यालयले यस्ता बिषयको खोजी गर्नुपर्ने बताए ।

कार्यक्रममा जिल्लाभित्र र प्रदेश सरकार मातहतका पर्वतमा रहेका कार्यालय समेतले प्रस्तुतीकरण गरेका थिए । कृषि र पूर्वाधार सहितका कार्यालयले बागलुङका कार्यक्रम जानकारी गराए । शिक्षक नियुक्ती र सरुवामा कुनै तहले जथाभावी गर्ने, कुनैलाई नदिने गर्दा समस्या भएको समेत जनप्रतिनिधिले बताए । पुन निर्माण प्राधिकरणले गर्ने काममा बनिसकेका घरमा भुक्तानी नपाएको, निसीखोलाको हुल्दी बस्ती सार्ने बिषय सेलाएको, पुन निर्माणको काममा ढीलासुस्ती भएको टिप्पणी भयो । खानेपानी, सिंचाई जस्ता काममा ढिलाई हुने र बर्षौसम्म अलपत्र पर्ने समस्या जनप्रतिनिधिको जिज्ञाशा थियो । उता वन कार्यालयबाट आउने अवरोधले धेरै निर्माणमा समस्या भएको उनीहरुको धारणा छ । उनीहरुले उद्योग खोल्ने तथा खानी संचालन गर्ने जस्ता काममा अनावस्यक झण्झट व्यहोरेको पनि गुनासो गरेका थिए ।
जनमञ्च

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित