रेडियो नेपालमा तालाबन्दी गर्न खाेज्ने नाै जना पत्रकार गिरफ्तार

काठमाडौं। रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निष्काशित पत्रकारको पुनःवहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी गर्ने नाै जना पत्रकार पक्राउ परेका छन्।

रेडियो नेपालको मुल गेटमा तालाबन्दी गर्ने क्रममा प्रहरीले पत्रकार महासंघका सचिव रामप्रसाद दाहालसहित एक दर्जन बढी पत्रकारलाई गिरप्तार गरेको छ।

गिरफ्तार हुने पत्रकारहरुमा महासंघका केन्द्रीय सदस्य मीन बम, जन्मदेव जैसी, यम बिरही, डोटी जिल्ला अध्यक्ष योगेन्द्र बलायर, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, दिलिप पौडेल, प्रकाश बम, चक्र कुवर छन्।

लामो समय देखि कार्यरत सुनिता रावल, प्रकाश बम र चक्र कुवरको पुनर्वहालीको माग गर्दै आन्दोलनरत संचारकर्मीले तालाबन्दी गरेका हुन्।

नेपाल पत्रकार महासंघको नेतृत्वमा रेडियो नेपालको केन्द्रीय कार्यालयको मुल गेटमा तालाबन्दी गरिएको हो। महासंघका कार्यवहाक अध्यक्ष बिपुल पोखरेलको नेतृत्वको समुहले पुनर्वहालीको लागि पटक पटक माग गर्दासमेत रेडियो व्यवस्थापनले कुनै सुनुवाई नगरेपछि तालाबन्दी गरेको हो।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित