गोर्खा नालाइन रेडियो यूके,
लुसाका, जाम्बिया गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति जाम्बियाको सन २०१९ को वार्षिक साधारण सभा जाम्बियाको राजधानी लुसाकामा सम्पन्न भएको छ । वार्षिक साधारण सभाले सन २०१९ – २०२१ का लागि प्रमोद शर्माको अध्यक्षतामा निम्न अनुसारको कार्य समिति गठन गरेको छ ।
कार्यसमितिमा राजिब मुनानकामी उपाध्यक्ष , पोषण राज बस्नेत महासचिब , रोजनराज घिमिरे सचिब र भिमबहादुर बम कोषाध्यक्ष चयन भएका छन् । त्यसैगरी महिला संयोजकमा सन्ध्या खनाल र युबा संयोजकमा ईश्वर भुसाल निर्बाचित भएका छन् ।
सदस्यहरुमा शम्भु कार्की, आलोक शर्मा, रबिलाल पान्डे, चन्द्र न्यौपाने, हेमाङ्ग लामा र निम बलायर चयन भएका छन् । संघको संरक्षकमा बिदुर खनाल र सल्लाहकारमा डा. बिशालनाथ उप्रेती रहेका छन् ।
गत वर्ष झै यस वर्ष पनि संघले लुसाकामा नेपाल पर्यटन प्रबर्द्धन कार्यक्रम आयोजना गर्नको लागि एक कार्यक्रम गर्ने निर्णय गरेको छ ।





