गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, आज बिहान करिब ४ बजेर ५७ मिनेटको समयमा ब्लेन्हेइम दरबार अक्सफोर्डशायरबाट १८ क्यारेट सुनबाट निर्मित एक ट्वाइलेट (कमोड) चोरी भएको छ । उक्त दरबार यहि सेप्टेम्बर १२ बाट मात्र सर्वासाधारणको लागि खुल्ला गरिएको थियो ।
इटालियन कलाकारद्वारा निर्मित उक्त ट्वाइलेट सर्वप्रथम न्युयोर्क सिटीमा प्रदर्शनमा राखिएको थियो । बेलायतका पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिल सोहि दरबारमा जन्मिएका थिए । अमेरीका नाम गरेको उक्त ट्वाइलेटको मूल्य १० लाख डलर भन्दा बढी पर्न सक्ने बताइएको छ ।
सो ट्वाइलेट चोरीको आशंकामा एक ६६ वर्षीय पुरुषलाई पक्राउ गरिए पनि उक्त ट्वाइलेट कहाँ छ भन्ने कुराको भने पुष्टि भैसकेको छैन ।
तस्विर साभार अनलाइन





