Home > Blog > गौरी जोशीद्वारा एनआरएनए लाई १ करोड सहयोग

गौरी जोशीद्वारा एनआरएनए लाई १ करोड सहयोग

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,
लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टुबरमा हुन गइरहेको निर्वाचनमा सचिव पदका दावेदार रहेका गौरी राज जोशीले संघको नियमित खर्च संचालनको लागि १ करोड रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । संघको कार्यालय सञ्चालनदेखि नियमित कार्य सञ्चालन गर्न समस्या भएपछि संस्थाले एनआरएनए अग्रजहरुसँग सापटीको रुपमा आर्थिक सहयोगको लागि आह्रवान गरेको थियो ।

अन्य व्यक्तिहरुद्वारा पनि सहयोग प्राप्त हुने संघले अपेक्षा राखेको छ । “म, मेरो एनआरएनए, र मेरो नेपाल” भन्ने मूल नारासहित नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन यही २०७६ साल आश्विन महिनाको २८ गते देखी ३० गते सम्म अर्थात १५-१७ अक्टोवर २०१९ मा गरिने भएको छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1