‘मुलुकलाई एकतन्त्रीय शासनतर्फ लैजाने खतरनाक प्रयास भइरहेको छ’:कोइराला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्।

काँग्रेस महामन्त्री कोइरालाले सम्पूर्ण अधिकार आफ्नो हातमा लिएर मुलुकलाई एकतन्त्रीय शासनतर्फ लैजाने खतरनाक प्रयास गरिरहेको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका हुन्।

मुलुकलाई एकतन्त्रीय शासनतर्फ लैजान प्रधानमन्त्री ओलीको सो भूमिका मुलुककै लागि खतरनाक हुने उहाँको बुझाई छ। नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ महासंघको तेस्रो वार्षिक साधारणसभालाई बुधबार नवलपुरको गैंडाकोटमा उद्घाटन गर्दै उहाँले संविधान परिवर्तन गर्ने सरकारको प्रयासलाई सफल हुन नदिने चेतावनी पनि दिए।

महामन्त्री कोइरालाले संविधानमा केरमेट गर्ने सरकारको प्रयासलाई सफल हुन नदिन आफ्नो पार्टी सचेत रहेको पनि बताए। उनले नेपाली जनताको ७० वर्षदेखिको चाहना पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको भएपनि सरकारले जनताको चाहना र भावना अनुसार काम गर्न नसकेको दावी पनि गरे।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित